• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

हुलाक भन्ज्याङमा ३५ वर्षपछि रोटेपिङ

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक ७, मंगलवार १४:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मलेखु । धादिङको ज्वालामुखी गाउँपालिका–६स्थित हुलाक भञ्ज्याङमा ३५ वर्षपछि यो दसैँमा रोटेपिङ हालिएको छ । पुराना कला र संस्कृति जगेर्ना गर्ने अभियानमा लागेका स्थानीय युवाले कलात्मक रोटेपिङ तयार गरेका हुन् ।
    गाउँका सबै युवा मिलेर पिङ निर्माण गरेपछि यो वर्ष दसैँ रौनक बनेको छ । बालबालिकादेखि वृद्धसम्मलाई रोटेपिङले थप उल्लासमय बनाएको छ । स्थानीयवासी हरिमान शाक्य भन्छन्, “३५ वर्षपछि रोटेपिङ चढ्न पाइयो । पिङ खेल्न पाएपछि त हामीजस्ता बुढापाकालाई पनि दसैँ रमाइलो हुँदो रहेछ ।”
    बाजेका पालासम्म पुस्तान्तरण हुँदै आए पनि बाको पालादेखि हराउँदै गएको रोटेपिङको जगेर्नामा नयाँपुस्ता लागिपरेका छन् । यहाँका युवाले गाउँका बूढापाका र बालबालिकालाई पिङ खेलाउँदै रोटेपिङबारे पाकाको कुरा सुन्ने र सानालाई सुनाउने गरिरहेका छन् ।
    यो दसैँमा साना बालबालिकाले पनि रोटेपिङको अनुभव लिने मौका पाएका छन् । झण्डै तीन दशकपछि गाउँमा रोटेपिङ चढ्न पाउँदा वृद्धवृद्धा पनि मख्ख छन् । मीठो खानुभन्दा पनि दसैँ मानाउन गाउँ पुगेकाहरु पनि पिङमा नै रमेका छन् ।
    मौलिक संस्कृतिको जगेर्ना गर्ने र पुराना कला संस्कृतिका बारेमा नयाँ पुस्तालाई आकर्षण बढाउने उद्देश्यले गाउँका साथीभाइ मिलेर रोटेपिङ निर्माण गरिएको स्थानीय युवा सुनिता शाक्यले बताइन् । “तीन दशकअघिसम्म हजुरबुबाले दसैँमा बर्सेनि रोटेपिङ खेल्नुहन्थ्यो रे भन्ने गरेको सुनिन्थ्यो तर देख्न भने मुस्किल थियो । वर्षमा एक दिन भए पनि पिङ खेलेर धर्ती छोड्नुपर्छ भन्ने पाका पुस्ताको भनाइलाई समेत मनन गर्दै यसपाली पिङ हालियो”, शाक्यले खुसी सुनाइन् ।
    “रोजगारीको सिलसिलामा युवापुस्ता विदेशिने क्रम बढेसँगै पनि दसैँ तिहारमा रौनकता दिने रोटे पिङ हराउन थालेको छ । प्रविधिको विकाससँगै सहर बजार र मेला महोत्सवमा पैसा तिरेर खेल्न पाइने पिङले पनि रोटेपिङप्रतिको चासो कम भएको पाइन्छ,” उनले भनिन्, “निर्माण गर्न खर्चिलो हुने, काठपात बढी लाग्ने र युवापुस्तामा सीप अभावकै कारण रोटे पिङ लोप हुँदैगयो । भावी पुस्ताले रोटेपिङ देख्नै नपाउने भएका थिए । हाम्रा राष्ट्रिय पर्वहरुसँग जोडिएको संस्कृति जोगाउनु हाम्रो दायित्व हो ।”
    रोटेपिङकै ढाँचामा फलाम प्रयोग गरी व्यावसायिक हिसाबले पिङ बनाइने र खेल्ने खेलाइने प्रचलन पनि निकै बढेको छ तर त्यस्तो पिङमा दसैँमा देखिने रोटेपिङमा जस्तो रौनक पाइँदैन । ‘बाह्र वर्षमा खोला पनि फर्किन्छ’ भन्ने नेपाली उखानजस्तै गाउँबाट लोप भइसकेको रोटेपिङ झण्डै ३५ वर्षपछि सोही स्थानमा पुनः बन्दा र खेल्न पाउँदा हुलाक भन्ज्याङवासी अहिले खुसीले दङ्ग छन् ।
    वडासदस्य तथा स्थानीय बासिन्दा लिलामान शाक्यको पहलमा यहाँ ३५ वर्षपछि रोटेपिङ बनेको हो । पुस्तौँदेखि खेल्दै आएको रोटेपिङ एकादेशको कथाजस्तो नबनोस् भन्ने हिसाबले यो वर्ष दसैँमा रोटेपिङ बनाउनुपर्छ भन्ने आफूले योजना बनाएँ, उनले भने, “यो प्रस्ताव वडाध्यक्ष किशोर सेढाई समक्ष राखे त्यसपछि पालिकाको आर्थिक सहयोगमा गाउँमा रोटेपिङ बनाउन सफल भयौँ ।”
    करिब रु एक लाखको लगानीमा तयार भएको यो पिङ प्राविधिक हिसाबले पनि सुरक्षित बनेको छ । अहिले मौलिकरूपमा बनाइएको पिङमा प्रयोग भएको काठको खम्बा र फलामको डन्डी दसैँ सकिएपछि सुरक्षित स्थानमा राखिने र आगामी वर्षमा पनि गाउँमा रोटेपिङ बनाउने कार्यलाई निरन्तरता दिँदै जाने उनको भनाइ थियो । साभार रातोपाटी

    Post Views: 265
    प्रकाशित मिति: २०८० कार्तिक ७, मंगलवार १४:३६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.