• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व संकलन

  •  माउण्टेन संवाददाता
  • २०८२ चैत्र ९, सोमबार १३:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चैत, मुस्ताङ । नेपाल—चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा पौने छ अर्ब राजस्व संकलन गरेको जनाएको छ । गत भदौ ३१ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको कार्यालयले यही चैत ७ गतेसम्म पाँच अर्ब ७१ करोड १० लाख रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।

    कार्यालयका प्रमुख रमेश खड्काले उक्त अवधिमा नाकाबाट १२ अर्ब १७ करोड रुपैइाँ मूल्य बराबरको मालवस्तु आयात भएको छ भने २० करोड ३० लाख रुपैयाँ मूल्य बराबरको मालवस्तु चीनतर्फ निर्यात भएको हो ।

    हालसम्म कोरलानाकाबाट भित्रिएका दुई हजार ३४७ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले बताए ।

    यसैगरी, मुस्ताङ भन्सार कार्यालयबाट एक हजार ८०४ वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास भएकोे भन्सार प्रमुख खड्काको भनाइ छ ।

    गत असार र साउनमा पहिरोका कारण रसुवागढी नाका र तातोपानी नाका पूर्ण रुपमा बन्द भएपछि मुस्ताङको कोरलानाकालाई वैकल्पिक नाकाका रुपमा प्रयोग गरिएको थियो ।

    यसलगत्तै नेपाल सरकार भन्सार विभागले वैकल्पिक रुपमा प्रयोग गरिएको कोरलानाकालाई पूर्ण रूपमा सञ्चालन गराएको थियो । बर्सेनि १०/१५ लाख रुपैयाँ आर्थिक राजस्व संकलन गर्ने यहाँको मुस्ताङ भन्सार कार्यालयले असोजदेखि यता उल्लेखनीय राजस्व संकलन गर्न सफल भएको कार्यालयको भनाइ छ ।

     

     

     

    साभार अनलाइनखबर

    Post Views: 60
    प्रकाशित मिति: २०८२ चैत्र ९, सोमबार १३:१८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.