• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

स्थानीय सामग्रीबाट सेनेटरी प्याड बनाउदै किशोरीहरू

  •  संजय आचार्य
  • २०८२ श्रावण १९, सोमबार १५:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दियाको गुलरियामा किशोरीहरूले स्थानीय स्रोत र सामग्रीको प्रयोग गरेर सेनेटरी प्याड बनाउन सुरु गरेका छन् । महिनावारीको समयमा सुरक्षित र दिगो विकल्पको अभावमा समस्या भोग्दै आएका ग्रामिण क्षेत्रका किशोरी हरू अब आफैं सेनेटरी प्याड उत्पादन मा संलग्न हुन थालेका हुन् ।


    लुम्बिनी प्रदेश सरकारको ५ लाख रुपैया अनुदान सहयोगमा घरेलु तथा साना उद्योग कार्यालयको समन्वयमा सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले गुलरियामा सञ्चालन गरेको पाँच दिने तालीमपछि उत्पादन प्रक्रिया प्रारम्भ भएको हो । तालिममा सहभागी २५ जना किशोरीहरूले अहिले स्थानीय स्तरमै प्याड उत्पादन थालेका छन् ।
    तालीममा सिकाइएको प्रविधि अनुसार केराको थामबाट निकालिए को प्राकृतिक रेशा, कटन र कपडा को प्रयोग गरी मेसिन बाट प्याड बनाइन्छ । किशोरी जमुना कुमारी पासीका अनुसार प्रयोग भएका सबै सामग्री स्थानीय हुन् र उत्पादन पनि पूर्णतः स्वदेशी हो । “सीप सिकेपछि हामीले उत्पादन थाल्यौं। भविष्यमा यसलाई व्यवसायिक रूपमा विस्तार गर्न सकिने सम्भावना देखिएको छ,” उनले भनिन् ।

    अर्कि सहभागी गुलरिया नगरपालिका वडा नं.–३ की किशोरी मोनिका कुशबधियाले स्थानीय रूपमा उत्पादित प्याड बजारमा पाइने भन्दा गुणस्तरीय, किफायती र पर्यावरणमैत्री भएको बताइन् । “धोएर घाममा सुकाएर पटक–पटक प्रयोग गर्न सकिने भएकाले यो झन्डै दुई वर्षसम्म टिकाउ हुन्छ,” उनको भनाइ थियो ।

    कार्यक्रमले सिमान्तकृत, लोपन्मुख तथा आर्थिक रूपले कमजोर समुदायका किशोरीमहिलाहरूलाई सुरक्षित र पहुँचयोग्य मासिक स्वच्छता सामाग्री उपलब्ध गराउनुका साथै उनीहरूलाई आयआर्जनको अवसरसमेत सिर्जना गर्ने विश्वास आयोजक संस्थाले लिएको छ ।

    संस्थाकी अध्यक्ष इन्दिरा सुवेदीका अनुसार,यस्ता कार्यक्रमले किशोरी हरूको आत्मविश्वास वृद्धि गर्नुका साथै मासिक धर्ममा हुने असहजता, लाज तथा स्वास्थ्य समस्या कम गर्न मद्दत पु¥याउँछ । साथै, किशोरीहरू यही सीपलाई भविष्यमा आयआर्जन को माध्यम बनाउन सक्षम हुनेमा आफूहरू विश्वस्त रहेको सुवेदीको भनाइ छ ।

    उनका अनुसार, यस्ता कार्यक्रमले किशोरीहरूको आत्मविश्वास वृद्धि गर्नुका साथै मासिक धर्ममा हुने असहजता, लाज तथा स्वास्थ्य समस्या कम गर्न मद्दत पु¥याउँछ । साथै, किशोरीहरू यही सीपलाई भविष्यमा आयआर्जनको माध्यम बनाउन सक्षम हुनेमा आफूहरू विश्वस्त रहेको सुवेदीको भनाइ छ ।

    स्थानिय स्तरमै मै यस्तो नविनतम कार्यक्रम सञ्चालन भई किशोरीहरू लाई स्वरोजगार र आत्मनिर्भरता तर्फ डोर्याउन सक्नु उल्लेखनीय उपलब्धि मानिएको छ । स्थानीय उत्पादन र महिला सशक्तिकरणमा टेवा पुग्ने यस्ता कार्यक्रमले गुलरियामा किशोरीहरूको जीवनशैली, सोच र सामाजिक भूमिकामा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा समेत गरिएको छ ।

    Post Views: 228
    प्रकाशित मिति: २०८२ श्रावण १९, सोमबार १५:३८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.