• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

अखण्ड ,विशाल मेरो नेपाल मेरो देश।

  •  राजेन्द्रप्रसाद धिताल
  • २०८२ असार २१, शनिबार १२:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मेरो देश

    युग युगदेखि

    सर्वथा स्वतन्त्र छन्

    जसका

    सुन्दर,शान्त र श्वेत हिमाल

    हरित पर्वतमाला

    स्वतन्त्र छन्

    छन् स्वतन्त्र स्वर्णिम

    मधेसका फाटहरु

    स्वतन्त्रताको गौरवले

    ओतप्रोत

    अखण्ड ,विशाल

    मेरो देश,मेरो नेपाल !

    जन्मदै स्वतन्त्रताको कर्णपृय

    सङ्गीत सुसेलेर

    जहाँ बग्छन कन्चन

    कर्णाली ,गण्डकी र

    कोसीहरु

    जहाँ स्वतन्त्र

    सभ्यताकोअनमोल

    उषा छ

    पथ पथमा जहाँ

    पार्वतीको पदचाप छ

    जनमनमा जहाँ

    सत्चरित्र सीताको छाप छ

    जहाँ कहिल्यै नझुक्ने

    चन्द्र ,सूर्य अङ्कित

    रातो झन्डाको सान छ

    जहाँ वीरताको गाथा

    वलिदानको कथा

    र रगतले लेखिएको

    स्वतन्त्रताको निशान छ!

    जहाँ हरदम स्वतन्त्र छ

    हिमाल,पहाड र मधेस

    अखण्ड ,अकण्टक नेपाल

    मेरो प्राण मेरो देश !

    चौतर्फी गुलामी तर

    बीचमा स्वतन्त्रताको

    स्वाभिमान

    जहाँ छ गुरु गोरखनाथको

    उपदेश

    बिसे नगर्चीको अर्ती

    पृथ्वीनारायणको नेतृत्व

    कालू पाण्डे ,विराज बखेती

    अमर ,भक्ति ,बलभद्र,

    भीमसेनहरुको

    पौरखले

    हिमालदेखि सागरसम्म

    टिष्ठादेखि काङ्गडासम्म

    आर्जेको धर्ती

    आत्मसम्मानका खातिर

    जहाँ खडा छन्

    महाकाली र महादेवका

    खुडा,तरवार र भालाहरु

    शान्ति र मानवताका

    खातिर

    जहाँ हरदम गुन्जिन्छन

    बुद्धका वाणी

    र झुल्छन रुद्राक्षका

    मालाहरु

    यो युद्ध र बुद्ध

    जन्माउन सक्ने

    क्रान्ति र शान्तिको देश

    गुलामहरुको बीचमा

    अविचलित

    स्वतन्त्रताको पताका

    फहराउने देश

    अखण्ड ,विशाल

    मेरो नेपाल

    मेरो देश।

    Post Views: 238
    प्रकाशित मिति: २०८२ असार २१, शनिबार १२:४१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.