डडेलधुरा/गृहमन्त्री रमेश लेखक ले वर्तमानमा सत्ता गठबन्धनलाई २०८४ सम्म लिएर जानुपर्ने बता एका छन् । बुधबार डडेलधुरामा पार्टी कार्यकर्तासँगको भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले कांग्रेस र एमालेको गठबन्धनको विकल्प नभएको बताए ।


उनले भने, ‘मैले हिजो पनि पार्टीको केन्द्रीय समिति बैठकमा ८४ सम्म यो गठबन्धनलाई निरन्तरता दिनुपर्छ भनेको छु । सरकार बनेको एक वर्ष हुन थालिसकेको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू हुनुहुन्छ । एक वर्ष पछि हाम्रो पार्टी सभापति आदर णीय नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ । ८४ को निर्वाचन शेरबहादुर दाइले गर्नुहुन्छ ।’
कांग्रेस र एमालेको गठबन्धन मुलुककै आवश्यकता भएको गृहमन्त्री लेखकको भनाइ छ । अर्काेप्रसंगमा गृहमन्त्री लेखकले राजनीतिमा षड्यन्त्र हुने गरेको भन्दै पछिल्लो समय आफू पनि राजनीतिक षड्यन्त्रको एम्बुसमा परेको बताए ।




