पछिल्लो समय बढ्दो वन्यजन्तुको आक्रमणका घटनालाई लिएर जैविक विविधता संरक्षण, पर्यावरण पर्यटन प्रवद्र्धन तथा मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरण विषयमा गुलरियामा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको सहयोग तथा नेपाल पत्रकार महासंघ बर्दियाको आयोजनामा असार ११ गते र १२ गते २ दिने आयोजित कार्यक्रममा प्रमुख प्रशिक्षकका रूपमा रहेका राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्वाहाम्फेल मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि सहअस्तित्वको आवश्यकता रहेको उनले बताए ।
“वन्यजन्तुले आफ्नो बानी व्यवहार परिवर्तन गर्न सक्दैन तर मानवले आफ्नो व्यवहार परिवर्तन गर्न सके द्वन्द्व न्युनिकरण सम्भव हुन्छ,” तुम्वाहाम्फेले भने ।
तुम्वाहाम्फेका अनुसार अधिकांश वन्यजन्तुको आक्रमण वन भित्रै काठ दाउरा, साग टिप्न गएका बेला हुने गर्छ, र “बाघले मानिसलाई आहारा प्रजातिको रूपमा आक्रमण गर्ने गर्छ,” उनले भने । “बुढो वा अशक्त बाघ बस्तीमा आएर समस्याग्रस्त बन्छ , त्यस्ता बाघलाई समयमै पहिचान गरी रेस्क्यु गरेर सुरक्षित स्थानमा सार्ने काम भइरहेको समेत उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरे, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरु द्वय यादव प्रसाद आचार्य र मिन प्रसाद शर्मा लगाएत बर्दिया जिल्लाका कृयासिल सञ्चारकर्मीहरुको उपस्थितीमा सम्पन्न भएको हो ।





