मधुवन नगरपालिकाको १६ औँ नगर सभाले आ.व २०८२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ भने बजेट तथा कार्याक्रम प्रस्तुत गरेको छ ।
प्रस्तुत बजेट १ अर्व ३ करोड ४७ लाख छ ।


‘पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार, मधुवन नगरपालिकाको विकासको मूल आधार’ भन्ने मूल नारका साथ मंगलबार मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले निति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । सार्वजनिक गरिएको नीति तथा कार्याक्रममा मधुवन नगरपालिकाको आ.व २०८२÷०८३ मा रहेको विभिन्न कार्यक्रम सार्वजनिक गरिएको छ ।
आर्थिक विकास अन्तरगत कृषि विकास, पशुपन्छी विकास, सहकारी, श्रम तथा रोजगारी, लघुउद्दम लगाएत, सामाजिक विकास अन्तरगत शिक्षा, युवा तथा खेलकूद, स्वास्थ्य, बहुक्षेत्रीय पोषण, महिला बालबालिका तथा जेष्ठ नागरिक, पर्यटन तथा संस्कृती लगाएतका नीति तथा कार्यक्रम नगरप्रमुख भाटले गरे ।
भौतिक पूवाधार तथा सहरी विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, सुशासन तथा संस्थागत विकास, राजश्व तथा श्रोत परिचालन र न्यायीक समिति हरुको नीतिगत कार्याक्रमहरु सम]त निति तथा कार्यक्रममा समावेश छन । नीति तथा कार्याक्रमलाई मधुवन नगरपालिकाको नगर सभाले सर्वसम्मत पारित गरेको छ ।




