• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

प्लान इन्टरनेशनल नेपालको सहयोगमा बिद्यालयलाई सिकाई किओस्क हस्तान्तरण

  •  माउण्टेन संवाददाता
  • २०८२ असार ११, बुधबार १०:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दियाको बारबर्दिया नगरपालिका बाड नं १ को जमुनियामा सरस्वती माध्यमिक विद्यालयलाई मंगलबार एक कार्यक्रमका बिच १ थान सिकाई किओस्क हस्तान्तरण गरिएको छ ।
    शिक्षामा प्रविधिको पहुँच विस्तार गर्दै बालबालिकाको गुणस्तरीय सिकाइ सुनिश्चित गर्न परियोजना अनुसार राधाकृष्ण थारु जनसेवा केन्द्रको पहल तथा प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सिकाई किओस्क हस्तान्तरण गरिएको परियोजनाका संयोजक मनोज पौडेलले जानकारी दिए ।


    सशक्त बालिका परियोजना अन्तर्गत प्रविधि मैत्री सिकाइ वातावरणको प्रवद्र्धन गर्दै, शिक्षामा पहुँच, गुणस्तर र विद्यार्थीको सिकाइमा रुचि अभिवृद्धि गर्ने उद्देश्यका साथ किओस्क हस्तान्तरण र औपचारिक समझदारी–पत्रमा हस्ताक्षर गरिएको समेत पौडेलले बताए ।
    प्रविधिको प्रयोगले बालबालिकाको सिकाइ क्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै यस किसिमका नविनतम प्रविधिमा आधारित सहयोगले विद्यालय स्तरको सिकाइ गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने शिक्षा समन्वय इकाई बर्दियाका प्रमुख सुर्यबहादुर खत्रीले बताए । शिक्षक र विद्यालय प्रशासनको सक्रिय भूमिका आवश्यक रहेको समेत खत्रीले भने ।
    प्रविधिमा आधारित शिक्षण सिकाइ प्रक्रियालाई सशक्त बनाउने उद्देश्यका साथ उक्त सिकाई किओस्क स्थापना गरिएको र उक्त किओस्क अन्तर्गत विद्यालयमा सुरक्षित कोठा व्यवस्थापन गरिने, जहाँ विद्यार्थीहरूलाई लक्षित गरी सिकाइ सहजीकरण गरिने साथै विद्यालयले इन्टरनेट सुविधासहित किओस्क सञ्चालन, नियमित मर्मत सम्भार, दिगोपन र मूल्याङ्कन व्यवस्थापन समेतको जिम्मेवारी लिने राधाकृष्ण थारु जनसेवा केन्द्रका उपाध्यक्ष युवराज श्रेष्ठले बताए ।
    किओस्क हस्तान्तरणसँगै प्लान इन्टरनेशनल नेपालकी प्राविधिक सल्लाहकार शान्ति थापाले विद्यालयका शिक्षक र विद्यार्थीहरूलाई किओस्क प्रयोगसम्बन्धी आवश्यक अभिमुखिकरण तथा प्राविधिक प्रशिक्षण दिनु भएको थियो ।
    विद्यालयमा प्रविधिमैत्री सिकाइ प्रक्रियाको सुदृढीकरणमा किओस्क एक महत्वपूर्ण स्रोत हुने विश्वास रहेको साथै विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्र्थीहरूको सहकार्यमा सिकाइ किओस्कको संरक्षण, दिगोपन र प्रभावकारी प्रयोग सुनिश्चित गरिने विद्यालय व्यवस्थापन समिति अध्यक्ष खिमानन्द पाठकले प्रतिवद्धता व्यक्त गरे ।

     

    Post Views: 330
    प्रकाशित मिति: २०८२ असार ११, बुधबार १०:२२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.