बर्दिया(गेरुवा), जेठ ३० गते / बर्दियाको गेरुवा गाउँपालिकामा विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता प्रणालीको आधारभुत घटक (तत्व) तथा अवरोध विश्लेषण तथा समिक्षा कार्यशाला सम्पन्न भएको छ ।

वाटर एड नेपालको अर्थिक सहयोग तथा नेपाल प्रजनन् स्याहार केन्द्र तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्राविधिक सहयोगमा बेस संस्था द्वारा सञ्चालित वास गेन्स परियोजना अन्तरगत कार्यशालाकाको आयोजना गरिएको हो ।

विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता प्रणालीको आधारभुत घटक (तत्व) हरुको विश्लेषण गर्दै अवरोधको पहिचान गरि अवरोध हटाउन कार्ययोजना तयार गर्ने उदेश्यले कार्यशालाको आयोजना गरिएको वास गेन्स परियोजनाका कार्यक्रम संयोजक जगदिश चौधरीले बताए ।
कार्यशालामा गेरुवा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत ६ वटै वडाका वडा अध्यक्षहरु, विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि, परियोजना सञ्चालन भएका विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधी लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।




