जिल्ला बर्दिया गुलरिया नगरपालिका–१० बाँझीपर्सिया निवासी १७ वर्षीया सोनिया पाठक हराएको एक दिनपछि नेपाल–भारत सीमाक्षेत्रबाट जिल्ला प्रहरी कार्यालय बर्दियाले सकुशल उद्धार गरेको छ ।

उक्त किशोरी जेठ २६ गते बिहान ११ः१५ बजे विद्यालयबाट घर फर्कने क्रममा बाटैबाट हराएकी भनि सोही दिन जिल्ला प्रहरी कार्यालय बर्दियामा फोटो सहित विवरण दर्ता गरे पछि प्रहरी सक्रिय भई खोजिकार्य सुरु गरेको थियो ।
प्रहरी कार्यालय एवम् भारतीय सशस्त्र सीमा बलको संयुक्त टोलीले खोजी गर्दा किशोरी जेठ २७ गते नेपाल–भारत सीमास्थित दशगजाको क्षेत्रमा फेला परेकी कुरा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक चक्र बहादुर डमरपालले जानकारी दिए ।

किशोरीलाई उद्धार गरी आवश्यक परामर्श र कानुनी प्रक्रिया पूरा गरेपछि किशोरीलाई बुवा सन्तोष पाठकको जिम्मा लगाइएको कुरा प्रहरी नायव उपरिक्षक डमरपालले जानकारी दिए ।




