• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियामा विपद् पूर्वतयारी अभ्यास : बाढी जोखिम न्यूनीकरणमा जोड

  •  माउण्टेन संवाददाता
  • २०८२ जेष्ठ २३, शुक्रबार १५:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मनसुन सुरु हुनुअघि बाढीजन्य सम्भावित जोखिमलाई मध्यनजर गर्दै बर्दियामा विपद् पूर्वतयारी तथा प्रतिकार्य अभ्यास गरिएको छ । गुलरिया नगरपालिका–८ स्थित  भादा नदिमा जेठ २२ गते गरिएको कृतिम अभ्यासमा सशस्त्र प्रहरी बलको प्राविधिक टोलीले बाढी र डुवानबाट हुने जोखिमको अवस्थामा कसरी उद्दार र सुरक्षा कार्य गर्न सकिन्छ भन्ने अभ्यास गरिएको थियो ।

    अभ्यासमा, समस्या परेपछि कसरी डुंगा र डोरीको सहायताले उद्दार गर्ने, घाइतेलाई प्राथमिक उपचार कसरी दिने, तथा सुरक्षित स्थानमा स्थानान्तरण गर्ने जस्ता अभ्यास गरी स्थानियमा सचेतना फैलाईएकोे थियो । जिल्ला प्रशासन कार्यालय बर्दिया र जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा सम्पन्न अभ्यासमा स्थानीय नागरिक, सुरक्षा निकाय, रेडक्रस, नगरपालिकाका प्रतिनिधि लगायतको सक्रिय सहभागिता रहेको थियो

    विपद् पूर्वतयारी तथा प्रतिकार्य अभ्यासमा वास्तविक विपद् आएमा हुने सम्भावित अवस्थाको जानकारीका साथै सशस्क्र प्रहरीबाट आएको टोलीले बाढीको बहाव, नागरिक फसेको अवस्था, उद्दारको प्रविधि र समन्वयलाई समेटेर अभ्यास प्रस्तुत गरेका थिए ।

    बर्षेनी बर्दिया बाढीको चपेटामा पर्छ । सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायतले यो अभ्यासले विपद्को जोखिम न्यूनीकरणमा सचेतना फैलाउन मदत पुग्ने धारणा व्यक्क्त गरे । कठायतले भने, ‘यस्ता अभ्यासहरूले नागरिकमा चेतना जागरण गर्ने र उद्दार निकायलाई तयारी अवस्थामा राख्न सघाउ पु¥याउँछ ।’

    Post Views: 261
    प्रकाशित मिति: २०८२ जेष्ठ २३, शुक्रबार १५:१६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.