• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

मधुवन महोत्सवमा निशुल्क आँखा जाचका साथ निशुल्क चस्मा र औषधी वितरण

  •  माउण्टेन संवाददाता
  • २०८१ माघ २४, बिहीबार २१:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया(मधुवन), माघ २४ गते / नेपाल नेत्रज्योति संघ तथा बर्दिया आँखा अस्पताल मधुवन बर्दियाले मधुवन उद्योग वाणिज्य संघ मधुवन द्वारा आयोजित मधुवन महोत्सवमा आँखा चेकजाँच कार्यक्रम मार्फत, आँखाका बिरामीहरूलाई आवश्यक पर्ने चस्मा र औषधी निःशुल्क रूपमा वितरण कार्य गरिरहेको छ । माघ १५ गते देखि संचालित तेस्रो मधुवन औद्योगिक, व्यापारिक, कृषि, सांस्कृतिक एवम् पर्यटन महोत्सवमा आएका स्थानीयहरुको निशुल्क आँखा जाचका साथै निशुल्क रुपमा औषधी वितरण गरिएको बर्दिया आँखा अस्पताल मधुवनकी नेत्र सहायक श्रृजना चौधरीले बताइन ।

    माघ १५ गते देखि संचालित महोत्सवमा आज २४ गते सम्ममा २ सय ७० जनाले आँखा जाँच गरिएको समेत चौधरीले भनिन्। चेकजाच गर्न आउनेहरुलाई आवश्यक पर्ने औषधी र सोही अवधिमा आवश्यक पर्ने बिरामीलाई नजिकको लेखपढ गर्न मिल्ने १ सय ४३ जनालाई पावर सम्बन्धी चस्मा पनि निःशुल्क वितरण गरेको समेत जानकारी दिइन ।

    बर्दिया जिल्ला मै मधुवन नगरपालिकामा अवस्थित बर्दिया आँखा अस्पतालले जिल्ला मै लामो समय देखि आँखा उपचारमा उल्लेख्य भूमिका खेल्दै आएको छ । महोत्सव स्टलमा आँखा जाँचका क्रममा छनोट भएका मोतिविन्दुका साथै आँखा सम्बन्धित अन्य आँखाका बिरामीहरूलाई बर्दिया आँखा अस्पतालमा निःशुल्क उपचारका साथै शल्यक्रियाको व्यवस्था मिलाइएको छ चौधरीले भनिन् । चौधरीले भनिन्, ‘आँखा जाँच गर्न आउने ५० वर्ष उमेर पुगेका व्यक्तिहरूलाई महोत्सव स्थल भित्र प्रवेश शुल्कको टिकटमा ५० प्रतिशत छुटको व्यवस्था समेत अस्पतालले प्रबन्ध गरेको छ ।’ बर्दिया आँखा अस्पताल मधुवनले महोत्सव बाहेकका दिनहरूमा समेत निःशुल्क आँखा उपचार सँगै निःशुल्क मोतिविन्दुको शल्यक्रिया गर्दै आएको छ।

    Post Views: 620
    प्रकाशित मिति: २०८१ माघ २४, बिहीबार २१:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.