• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बेलायती संसदमा शेखरले भने-लोकतान्त्रिक अभियान जगाउने परिवारमा जन्मेको हुँ

  •  
  • २०८१ माघ १, मंगलवार २१:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायत पुगेर आफू लोकतान्त्रिक अभियान जन्माउने परिवारमा जन्मेको भन्दै गर्व गरेका छन् । सोमबार बेलायती संसद् भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शेखरले यस्तो बताएका हुन् ।

    ‘म नेपालमा लोकतान्त्रिक अभियान जगाउने परिवारमा जन्मेको हुँ,’ शेखरले भने, ‘हामीले सन् १९४० को दशक देखि विभिन्न प्रकारका लोकतान्त्रिक आन्दोलनहरू बेहोरेका छौँ ।’

    सो क्रममा उनले नेपालले धेरै राजनीतिक परिवर्तन देखेको बताए। ‘हाम्रो देश लामो र दुखद आन्तरिक द्वन्द्वमा परेको थियो । नेपाललाई लोकतान्त्रिक मुलुक बनाउने प्रक्रियामा नेपाली कांग्रेसले प्रमुख भूमिका निभाएको छ,’ शेखरले भनेका थिए ।

    सशस्त्र माओवादी विद्रोहबाट शान्तिपूर्ण संवैधानिक सरकार बनाउने काम कांग्रेसले नेतृत्व गरेको पनि शेखरले उल्लेख गरे । उनले भने, ‘अझै धेरै काम बाँकी छन् । विगतमा विभेदमा परेका र हालका आन्दोलनबाट प्रभावित भएकाहरूको आँसु पुछ्ने काम जारी छ ।’

    नेपालको संसद्ले हालै सङ्क्रमणकालीन न्याय सम्बन्धी र सत्य निरूपण आयोग बनाउने सम्बन्धी विधेयक पास गरेको विषय पनि बेलायती संसद् भवनमा शेखरले प्रस्तुत गरे ।

    ‘मलाई विश्वास छ, अब यसले सुशासनको माध्यमबाट राजनीतिक संक्रमणकालको अन्त्य गर्दै सार्वभौम, लोकतान्त्रिक, शान्त र समृद्ध नेपाल बनाउने हाम्रो बाचा पूरा गर्ने छ,’ शेखरले अगाडी भने । यस प्रयासमा बेलायतको साथ र सहयोगको अपेक्षा पनि उनले राखे ।

     

     

     

    साभार नागरिक

    Post Views: 255
    प्रकाशित मिति: २०८१ माघ १, मंगलवार २१:११
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.