• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

ठाकुरबाबा १ भुरिगाउँमा माघ १४ गतेदेखि प्रथम ठाकुरबाबा प्रादेशिक महोत्सव सञ्चालन हुने

  •  रामबहादुर थारु
  • २०८१ पुष २६, शुक्रबार १६:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, पुस २६ गते / बर्दियाको भुरीगाउँमा व्यवसायिक क्षेत्रको विकास, घुम्न जाउँ बर्दिया अभियान तथा बर्दिया राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्धन र प्रचारप्रचारका लागि प्रथम ठाकुरबाबा प्रादेशिक महोत्सव संचालन हुने भएको छ ।

    ठाकुरबाबा उद्योग वाणिज्य संघको आयोजनामा ठाकुरबाबा नगरपालिका १, भुरीगाउँ बजारमा माघ १४ गतेदेखि प्रथम ठाकुरबाबा प्रादेशिक उद्योग, कृषि, पर्यटन प्रविधि तथा साँस्कृतिक महोत्सव संचालन गर्ने बर्दिया राष्ट्रिय निकुञ्ज मुख्यालय ठाकुरद्धारामा पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो ।

    पर्यटकीय क्षेत्रमा उन्नती, स्थानिय कला संस्कृति र स्थानीय उत्पादनलाई प्रवर्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले प्रथम ठाकुरबाबा प्रादेशिक महोत्सव आयोजना गर्न लागिएको ठाकुरबाबा उद्योग बाणिज्य संघका महासचिव गोपाल निरौलाले जानकारी दिनुभयो ।

    माघ १४ देखि २४ गतेसम्म आयोजना गर्न लागेको “समृद्ध ठाकुरबाबाको प्रमुख आधार पर्यटन, कृषि, प्रविधि, व्यापार पूवाधार” भन्ने मुल नाराका साथ आयोजित महोत्सवबाट ७० लाख रकम आम्दानी हुने तथा १० लाख रुपैँया आम्दानी हुने अपेक्षा गरिएको ठाकुरबाबा उद्योग बाणिज्य संघका अध्यक्ष गणेश कुंवरले बताउनुभयो ।

    ठाकुरबाबालाई लुम्बिनी प्रदेशकै धेरै आगन्तुक भित्र्याउने प्रमुख पर्यटकिय गन्तव्य बनाउने, धार्मिक साँकृतिक तथा पर्यटकिय क्षेत्रको प्रचारप्रसार तथा कृषिमा आधारित स्थानिय उत्पादनको व्यापार पवर्धन, कृषि यान्त्रिकरणलाई प्रोत्साहन र स्थानीय कलाकारहरूको क्षमता अभिवृद्धि गर्दै नगरवासीको आर्थिक विकासमा योगदान दिने महोत्सवको उद्देश्य रहेको संघका वरिष्ठ उपाध्यक्ष महेन्द्र पंगेनीले बताउनुभयो ।
    महोत्सवका मुख्य आर्कषणहरुमा विद्यालय स्तरीय विज्ञान प्रतियोगिता, कृषि उत्पादन प्रदर्शनी, विद्यालय स्तरीय नृत्य प्रतियोगिता स्थानीय स्तरमा उत्पादित हस्तकला प्रदर्शनीका साथै राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारको प्रस्तुती रहने संघका वरिष्ठ उपाध्यक्ष पंगेनीले बताउनुभयो ।

    महोत्सवको मुख्य लक्ष्य विभिन्न जनजाती विशेषत थारु, मगर जातीको धार्मिक तथा साँस्कृतिक भेषभुषा कला, संस्कृति, सम्पदा र मौलिक उत्पादनहरूको प्रवद्र्धन गरेर स्वदेशी र विदेशी पाहुनाहरूलाई आकर्षित गर्ने अपेक्षा छ । माघ १४ गतेदेखि २४ गतेसम्म भुरीगाउँ बजारमा संचालन हुने महोत्सवमा १ सय २० वटा स्टल रहने तथा भण्डै १ लाख बढि दर्शकहरुले महोत्सव अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ ।

    Post Views: 204
    प्रकाशित मिति: २०८१ पुष २६, शुक्रबार १६:४१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.