बर्दिया, पुस १८ गते / उज्यालो नेपाल बर्दियाको सहजिकरणमा बर्दियाको ठाकुरद्वारामा प्रशिक्षक प्रशिक्षण वित्तिय साक्षरता तथा सहकारी सम्बन्धित तालिम आजबाट शुरु भएको छ । बर्दियामा वन्यजन्तुबाट अति प्रभावितहरु मध्य, सहकारीहरु संग सहकार्य गरिरहेका स्थानीयहरुलाई आज पुस १८ गते देखि पुस २१ गते सम्म ४ दिने ठाकुरबाबा नगरपालिकाको बडा नं ९ मा उज्यालो नेपाल बर्दियाको सहजीकरणमा तालिक संचालन भईरहेको उज्यालो नेपालका अध्यक्ष नवराज न्यौपानेले बताए ।


पुस २१ गते सम्म संचालन हुने तालिममा करिब ३१ जना स्थानीयको सहभागिता रहेको समेत न्यौपानेले जानकारी दिए । तालिमले वित्तीय र सहकारी संस्थाका बारेमा प्रतक्ष्यरुपमा जानकारी हुने र सहकारीमा स्थानीयको वित्तीय सेवामा पहुँच अभिवृद्घि हुने समेत अध्यक्ष न्यौपानेले भने ।




