• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

जनताले अनुभूत गर्नेगरी कार्यसम्पादन गर्न प्रहरीलाई गृहसचिवको निर्देशन

  •  माउण्टेन संवाददाता
  • २०८१ भाद्र २७, बिहीबार १०:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ  भाद्र २७ गते / गृहसचिव गोकर्णमणि दुवाडीले नागरिकले अनुभूत गर्नेगरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

    बुधबार नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षण भ्रमणपछि यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै गृहसचिव दुवाडीले नेपाल प्रहरी व्यावसायिक सङ्गठन भएको हुँदा यसमा आबद्ध हरेक कर्मचारी इमान्दार, व्यावसायिक, दक्ष र कुशल हुनुपर्नेमा जोड दिए ।

    प्रहरी सङ्गठनले गरेको अपेक्षा र प्रहरी कर्मचारीको दक्षता वृद्धिका लागि आवश्यकपर्ने स्रोतसाधनको व्यवस्था साथै अन्य मन्त्रालयसँगको समन्वयका लागि गृह मन्त्रालयले अभिभावकीय भूमिका निर्वाह गर्ने उनले प्रतिबद्धता जनाए ।

    उनले विभिन्न समस्या, सीमितता र चुनौतीको बाबजुद पनि नेपाल प्रहरीले समाजमा शान्तिसुरक्षा तथा अमनचयन कायम, अपराध नियन्त्रण तथा अनुसन्धान एवं कानुन कार्यान्वयनमा पुर्‍याएको योगदानको प्रशंसा गरे ।

    कार्यक्रममा गृहसचिव दुवाडीसमक्ष प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरीको कार्ययोजना २०८०, प्रहरी कर्मचारीको सरूवासम्बन्धी मापदण्ड २०७९ (प्रथम संशोधन–२०८०), आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना २०८१, लागुऔषध रोकथाम तथा नियन्त्रण कार्ययोजना २०८०/०८१, नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह भाग–१ सम्बन्धी पुस्तक प्रदान गरे ।

    निरीक्षण भ्रमणका क्रममा गृहसचिव दुवाडीसमक्ष नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सङ्गठनका गतिविधिबारे प्रस्तुति दिएका थिए । निरीक्षण भ्रमणका क्रममा गृहसचिव दुवाडीले नेपाल प्रहरी प्रधान कार्यालय तथा कार्यालयस्थित सङ्ग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याबको निरीक्षण गरे ।

    Post Views: 178
    प्रकाशित मिति: २०८१ भाद्र २७, बिहीबार १०:२८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.