• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नारायणी अस्पतालबाट क्यान्सर रोगको उपचार सुरु

  •  माउण्टेन संवाददाता
  • २०८१ भाद्र २५, मंगलवार २२:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पर्साको वीरगञ्जमा रहेको नारायणी अस्पतालमा विस्तार गरिएको क्यान्सर उपचार सेवाको स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मंगलबार एक कार्यक्रमका बिच उदघाट्न गर्नुभएको छ।

    नारायणी अस्पतालमा क्यान्सर उपचार सेवाका लागि हाल ६ शैय्याको अंकोलोजी वार्ड सञ्चालनमा ल्याइएको छ।  भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेका अनुसार नारायणी अस्पतालमा क्यान्सर रोगका प्राय सबै उपचार सेवा सुरु गरिएको छ।  उहाँका अनुसार नारायणी अस्पतालमा क्यान्सर रोगको स्क्रिीनिंग, डाइग्नोसीस्, केमोथेरापी, पालिटिएभ केयर, रेफरेल, काउन्सिलिंग लगायतका सेवा सुरु गरिएको हो।

    नारायणी अस्पतालमा सुरु गरिएको क्यान्सर उपचार सेवामा हालका लागि भक्तपुर क्यान्सर अस्पतालका मेडिकल अंकोलोजिष्ट सहित दुई जना चिकित्सक खटिनु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर एनामुल हकले जानकारी दिनुभयो।

    स्वास्थ्यमन्त्री पौडेलले उक्त क्यान्सर उपचार सेवा विस्तार उदघाट्न समारोहलाई सम्बोधन गर्दै देशका सातवटै प्रदेशमा क्यान्सर रोगको उपचार सेवा विस्तार गर्ने क्रममा नारायणी अस्पतालमा पनि मंगलबारदेखि उपचार सुरु गरिएको जानकारी दिनुभयो।

    सरकारले सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने घोषणा गरे अनुसार कोशी अस्पताल विराटनगर र मधेश प्रदेशको नारायणी अस्पतालमा भक्तपुर क्यान्सर अस्पतालको प्रत्यक्ष निगरानीमा तालिम दिने र नियमित रुपमा सञ्चालन गर्ने गरी क्यान्सर उपचार सेवालाई सुरु गरिएको उहाँले बताउनुभयो।

    मुलुकभरका सबै स्वास्थ्य संस्थामा जनशक्ति अभाव रहेको र स्वास्थ्य मन्त्रालयको जनशक्ति थप्ने इच्छा भएतापनि देशको आर्थिक अवस्थाको कारणले अहिले जति जनशक्ति छ, जस्तो पूर्वाधार छ त्यसबाटै नै सेवा दिनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो।

    अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ताको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रदेशसभा सदस्य श्याम पटेल, स्वास्थ्य मन्त्रालयका गुणस्तर तथा मापन शाखा प्रमुख डा. मदनकुमार उपाध्याय, वीरगञ्ज उपमहानगरपालिकाका उपप्रमुख इम्तियाज आलम लगायतको उपस्थिति रहेको थियो।

     

     

     

     

    गोरखापत्र साभार

    Post Views: 246
    प्रकाशित मिति: २०८१ भाद्र २५, मंगलवार २२:०४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.