गुलरिया, असार १८ गते / गुलरिया प्रथम मेयरकप टी-१० क्रिकेट प्रतियोगितामाको उपाधि श्री बंगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयले जितेको छ।

आज भएको फाइनल खेलमा बंगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयले ध्रुव माध्यमिक विद्यालय तुल्सिपुरलाई ८ विकेटले पराजित गर्दै विजयी हुँदै प्रथम मेयरकप क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।
आज असार १७ गते गुलरिया स्थीत बंगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयको खेल मैदानमा टस जितेर पहिले बलिङ गरेको बंगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयले कसिलो बलिङ गर्दै ध्रुव माध्यमिक विद्यालयलाई ९.५ ओभरमा ६७ रनमा अलआउट गर्न सफल भएको थियो । ध्रुव माध्यमिक विद्यालयको तर्फबाट उत्कृष्ट ब्याटिङ गर्दै आफ्नो टिमका लागि विजय कुशवदियाले ४४ रनको योगदान दिएका थिए भने बंगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयको तर्फबाट उत्कृष्ट बलिङ गर्दै निराजन थापाले ४ विकेट लिन सफल भएका थिए।
६८ रनको फाइनल जित्ने लक्ष्य लियर आएको बंगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयले ४.५ ओभरमा २ विकेटको क्षतिमा ६९ रन बनाउदै उपाधि जित्न सफल भएको थियो । जितका लागि बंगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयको तर्फबाट ब्याटिङ गर्दै सुमन ज्ञवालीले १३ रन, इमरान अलिले १४ रन र आर्यन खड्काले १८ रन बनाएका थिए।
आजको फाइनल खेलमा ४ विकेट लिएका बंगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयका निराजन थापा म्यानअफ द म्याच घोषित भए भने बेस्ट बलर महाकवि देवकोटा माध्यमिक विद्यालयका सद्दाम गद्दी भय भने म्यानअफ द सिरिज र बेस्ट ब्याट्सम्यान ध्रुव माध्यमिक विद्यालयका अभिषेक सिंह राठौर भए। गुलरियामा असार १२ गते देखि असार १७ गते सम्म सञ्चालन यस प्रथम मेयरकप टी/१० क्रिकेट प्रतियोगिताको गुलरिया नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरि १४ वटा माध्यमिक विद्यालयहरूको सहभागी रहेको थियो।
गुलरिया नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको सहजिकरण र सहयोगमा सञ्चालित क्रिकेट प्रतियोगितामा गुलरिया नगरपालिका भित्रका १० सामुदायिक विद्यालय र ४ संस्थागत विद्यालयहरु गरि १४ वटा विधालय को सहभागीता रहेको थियो ।




