• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बजार नपाएको भन्दै किसानले सडकमै दूध पोखेर गरे आन्दोलन

  •  माउण्टेन संवाददाता
  • २०८० फाल्गुन ६, आईतवार २१:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चितवन,फागुन ६/दूधले बजार नपाएपछि चितवनका किसानले सडकमै दूध पोखेर आन्दोलन गरेका छन्। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको नेतृत्वमा केन्द्रीय बस टर्मिनल चोकमा दूध पोखेर विरोध जनाएका हुन्।

    किसानको समस्या समाधान गर्न सरकार असक्षम रहेको भन्दै आन्दोलित किसानहरूले कृषि मन्त्रीको राजीनामासमेत माग गरेका छन्। दूधले बजार नपाएको र साउनदेखि भुक्तानी नपाएको भन्दै दुग्ध उत्पादक किसान आन्दोलित बनेको संघका अध्यक्ष किशोर बगालेले जानकारी दिए। यसअघि पटक पटक राज्यको ध्यानाकर्षण गराइसक्दा समेत किसानका माग सुनुवाइ नभएपछि बाध्य भएर सडकमा दूध पोखाउनु परेको उनले बताए।

    बगालेका अनुसार विभिन्न डेरी उद्योगहरूले दूध लगे बापत चितवनका किसानलाई ५२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ।  चितवनमा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुन्छ। दुई चार दिनयता डेरी उद्योगले दूध लैजान आनाकानी गर्दा मिल्क होलि डे (दूध बिक्री नहुने) जस्तै भएको अध्यक्ष बगालले बताए।

    भरतपुर–१० स्थित संघको कार्यालय परिसरमा भेला भएका किसानले नारा लगाउँदै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापासमक्ष ज्ञापनपत्र बुझाएका थिए।साभार नागरिकन्युज

    Post Views: 244
    प्रकाशित मिति: २०८० फाल्गुन ६, आईतवार २१:५३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.