१५ पुस, काठमाडौं । प्रादेशिक महोत्सव गुलरियामा सोमबार टिकटक स्टार प्रिती पासवानको धमाकेदार प्रस्तुती रहने जनाएको छ । भोजपुरी, मैथली गीतमा उत्कृष्ट नृत्य गर्ने पासवानले प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव गुलरियामा सोमबार उत्साहपूर्ण रुपले दर्शकलाई नचाउँने आयोजकले जनाएको छ ।

सोमबार महोत्सवको स्टेजमा टिकटक स्टार पासवान आफनो उत्कृष्ट नृत्य प्रस्तुतगरी दर्शकको मन जित्न सफल हुनेमा आयोजकले विश्वास व्यक्त गरेको छ । आइतबार आज चर्चित अभिनेता पल शाह, गायिका पुर्णकला विसी, मोडल डान्सर भावना चौधरी र काजी श्रेष्ठको महोत्सवमा बेजोड प्रस्तुती रहेको उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेले जनाए ।
आयाोजक समितिका अनुसार महोत्सव पुस ६ गतेदेखि पुस १६ गतेसम्म चल्ने महोत्सवको समापन पनि भोली नै गरिने छ । गुलरिया नगरपालिका–८ कोठिया गाउँ नजिक ‘निलो आयल पेट्रोल पम्पको पुर्व पट्टि’ महोत्सव संचालन भईरहेको छ ।




