१५ पुस, काठमाडौं । प्रादेशिक कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव बर्दियाको गुलरियामा लोकप्रिय कलाकार तथा अभिनेता पल शाहको आगमनले महोत्सवको भिड थामि नसक्नु भएको छ । शाह पहिलो पटक बर्दियामा आएकोले ठुलो संख्यामा दर्शकहरु महोत्सवमा पुगेका थिए ।


बर्दियामा जारी समृद्ध बर्दियाका प्रमुख आधार, कृषि, पर्यटन, उद्योग, संस्कृति र पूर्वाधार भन्ने नाराका साथ सुरु भएको प्रादेशिक कृषि, पर्यटन तथा औधोगिक व्यापार महोत्सवको दशौं दिन अभिनेता शाहको प्रस्तुतीमा थाम्नै नसकिने भिड देखिएको थियो । साथमा महोत्सवमा प्रादेशिक डान्स आइडल सिजन २ र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियाे ।

महोत्सबमा अभिनेता शाहलाई हेर्न ठुलो संख्यामा दर्शकहरू टिकट काटेर आएका थिए । महोत्सवमा पल शाहले नमस्ते बर्दिया मात्रै के भन्नुभएको थियो महोत्सव स्थलमा खटिएका सुरक्षाकर्मीले भिड थाम्नै सकेका थिएनन् ।
महोत्सवको फिल्डमा खुट्टा टेक्ने ठाउँ पनि खाली थिएन । नायक शाहको स्टेजमा इन्ट्री हुनसाथ दर्शकहरु तछाड मछाड गर्न थालेका थिए । एक दुई तीन चार क्या बिउटी तिमी छौ यार र कालो चश्मा सुहाउँछ तिमीलाई नेपाली भेषैमा भन्ने बोलको गितमा डान्स गरेर दर्शकलाई नायक शाहले भरपुर मनोरन्जन गराएका छन् । नायक शाहसंग दर्शकहरु नाचेर र हात हल्लाएर साथ दिएका छन् ।

शाहलाई महोत्सवको स्टेजमा प्रत्यक्ष देखेर दर्शकहरु खुसी भएका थिए । त्यसैगरि दर्शकहरुको उत्साह देखेर नायक शाह पनि खुसी देखिन्थे । नायक शाहसंग हात मिलाउन पाईन्छ कि भनेर आइतबार साँझ अबेरसम्म दर्शकहरु बसेका थिए । कतिले हात मिलाउन पाए कति दर्शक टाढाबाट हेरेर फर्के ।
महोत्सव अवधिभर लोकप्रिय कलाकारहरुले गित संगित मार्फत दर्शकहरुलाई भरपुर मनोरञ्जन गराए पनि महोसत्वमा कलाकार तथा नायक पल साहको प्रस्तुति हेर्न अन्य दिन भन्दा आज स्थानियको थामि नसक्नु भिड रहेको उद्योग वाणिज्य संघ गुलरियका अध्यक्ष देवेन्द्र पाण्डेले बताए । उनले भने, अन्य दिन पनि माहोल बाक्लो नै हुने गरेपनि आजको दिन विशेष भयाे । आज करिब २० हजार स्थानियले महोसत्वको अवलोकन गरेका छन् ।

२०८० पौष ६ गतेदेखि १६ गते सम्म महोत्सव चल्ने आयोजकले जनाएको छ । गुलरिया नगरपालिका वडा नं। ८ कोठिया गाउँ प्रवेश गर्ने मार्ग नजिक महोत्सव संचालन भइरहेको छ ।







