• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

दशरथ रंगशालामा धनगढीको शान

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर २८, बिहीबार २१:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं,मंसिर २८/ नेपाल सुपर लिग एनएसएल फुटबलमा अपराजित यात्रा कायम राख्दै धनगढी एफसी शीर्ष स्थानमा उक्लिएको छ । जारी सिजन लगातार ५ खेलमा अपराजित रहेको धनगढीले दशरथ रंगशालामा एफसी चितवनलाई १-० ले हरायो । खेलको दोस्रो मिनेटमै धनगढीका ओलावाले आफिजले गरेको गोल निर्णायक भयो ।

    रोहन कार्कीले दिएको पासमा ओलावालेले बक्स बाहिर चितवनका एक डिफेण्डरलाई छलाउँदै सेकेण्ड बारमा प्रहार गरेको बलले जाली चुम्यो । चितवनका किपर विशाल श्रेष्ठले त्यो बल रोक्ने कुनै अवसर पाएनन् । धनगढीले सुरुदेखि नै फरवार्ड लाइनमै तीन विदेशी खेलाडी खेलाएको थियो । त्यसको परिणामले धनगढीले सुरुमै गोलको खाता खोलेको थियो । जुन गोल नै निर्णायक भयो । चितवनले गोल फर्काउन पेनाल्टीसहितका मौका पाए पनि सफल भएन ।

    पहिलो पटक पहिलो रोजाइमा खेलेका धनगढीका टिकेन्द्र थापाले चितवनका विमल घर्ती मगरले हानेको पेनाल्टी बचाए । पहिलो हाफको इन्जुरी समयमा भएको यो पेनाल्टी टिकेन्द्रले दायाँतर्फ डाइभ गर्दै बचाएका थिए । यस्तै खेलमा धनगढीले गोल थप्ने मौका पनि गुमायो । आशिष चौधरीले खाली पोष्टमा गोल हान्न सकेनन् । ओलावाले आफिजले चितवनका किपर विशाल श्रेष्ठलाई बिट गर्दै बायाँ भागबाट बक्समा क्रस दिएका थिए । तर मार्की आशिषले फ्रि चान्समा पनि गोल गर्न सकेनन् । उनको प्रहार पोष्ट भन्दा बाहिर गयो ।

    यो जितपछि धनगढीको ५ खेलबाट ११ अंक छ । यो सहित ३ खेल जितेको धनगढी २ खेलमा बराबरीमा रोकिएको थियो । दोस्रो स्थानमा रहेको ललितपुर सिटीको ५ खेलबाटै ९ अंक छ । पराजित चितवन भने पुछारबाट दोस्रो स्थानमा छ ।साभार अनलाइनखबरबाट

    Post Views: 208
    प्रकाशित मिति: २०८० मंसिर २८, बिहीबार २१:१६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.