• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नेपाल आइपुग्यो भारतले दिएको १५ वटा मुर्रा राँगा

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर ६, बुधबार १९:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, मंसिर ६ / भारतले नेपाललाई दिने भनेको १५ वटा मुर्रा राँगा स्वदेश आइपुगेको छ। बुधबार साँझ नेपालगञ्जको रूपैडिया नाकामा भारतबाट ल्याइएको १५ वटा मुर्रा राँगा पशु सेवा विभागका अधिकारीहरूले बुझेका छन्।

    गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदा भारत सरकारले नेपाललाई १५ वटा उन्नत जातका मुर्रा राँगा अनुदानमा दिने बताएको थियो। सोही राँगा लिन बुधबार पशु सेवा विभागका प्रमुख एवं पशु विकास अधिकृत माधव अर्यालसहितको टोली नेपालगञ्ज पुगेको थियो।

    अब यी राँगाहरूलाई लहान, पोखरा र नेपालगञ्जमा रहेको राष्ट्रिय पशु प्रजनन केन्द्रमा पाँच-पाँच वटाको दरले बाड्ने मन्त्रालयले निर्णय गरेको लहान पशु प्रजनन केन्द्रका प्रमुख शिवनाथ महतोले बताए। ‘मन्त्रालयको निर्णयअनुसार यहाँबाट हामी भोलि आफ्नो भागमा परेको राँगा लैजान्छौं,’ उनले भने, ‘सरकारले रैथाने भैंसीहरूको नश्ल सुधार गर्ने र दुध उत्पादन पनि बढाउने भन्दै २०७३ सालमै मुर्रा राँगा ल्याउन पहल सुरू गरेको थियो।’

    यस्तै, पशु विज्ञहरूका अनुसार उच्च नश्लका मुर्रा भैंसीहरूले रैथाने भैंसीभन्दा दोब्बर परिणाममा दुध दिने बताउँछन्। सोही कारण सरकारले रैथाने भैंसीहरूमा नश्ल सुधार गर्न भारतबाट मुर्रा राँगा भित्र्याउन पहल गरेको थियो। सामान्तया साढे तीन वर्ष पुगेका मुर्रा राँगाहरू वीर्य उत्पादनका लागि तयार हुन्छ। तर अहिले नेपाल ल्याइएका प्राय राँगाहरू साढे दुईदेखि तीन वर्ष बीचको रहेकाले वीर्य उत्पादन गर्न केहि समय लाग्ने महतो बताउँछन्।

    ‘अब हामी यी राँगाहरूलाई सम्बन्धित प्रजनन केन्द्रमा लगेर उमेर जाँच गर्छौं,’ उनले भने, ‘वीर्य उत्पादन गर्ने उमेर पुगेकोलाई तालिम दिएर बीउ निकाल्ने र राम्रो वीर्य उत्पादन हुन थालेपछि प्रशोधन गरेर किसानलाई वितरण गर्न थाल्छौं।’साभार सेतोपाटी

     

    Post Views: 254
    प्रकाशित मिति: २०८० मंसिर ६, बुधबार १९:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.