• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

अस्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा, दक्षिण अफ्रिका ३ विकेटले पराजित

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर १, शुक्रबार ०७:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, कात्तिक १ गते / अस्ट्रेलिया एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ। बिहीबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलिया फाइनल पुगेको हो। दक्षिण अफ्रिकाले दिएको २१३ रनको लक्ष्य अस्ट्रेलियाले १६ बल बाँकी हुँदा ७ विकेटको क्षतिमा २१५ रन बनाउँदै पूरा गरेको हो।

    अस्ट्रेलियाका लागि टेभिस हेडले ४८ बलको सामना गर्दै सर्वाधिक ६२ रन जोड्नुभयो। स्टीवन स्मिथ ३०, डेभिड वार्नर २९, जोस इंग्लिस २८ रन जोड्नुभयो। यो विश्वकपमा दोहोरो शतक प्रहार गर्दै चर्चामा रहेका ग्लेन म्याक्सवेल भने दक्षिण अफ्रिका विरुद्ध ५ बलको सामना गर्दै एक रन बनाएर आउट हुनुभयो।

    भारतको इडेन गार्डेनमा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई मध्यम स्तरको लक्ष्य दिएको थियो। दुई बल बाँकी हुँदा १० विकेटको क्षतिमा दक्षिण अफ्रिकाले २१२ रन बनाएको थियो।

    दक्षिण अफ्रिकाका लागि डेबिड मिलरले शतकीय पारी खेल्नुभयो। उहाँले ११६ बलमा ५ छक्का र ८ चौकाको मद्दतमा १०१ रन जोड्नुभयो। सुरुमै धरापमा परेको दक्षिण अफ्रिकाको इनिङ्सलाई मिलरले सम्हाल्नुभएको थियो। तर जितका लागि त्यो पर्याप्त भएन।

    दक्षिण अफ्रिकाका लागि जेराल्ड कोटजी र तबरेज सम्सीले समान दुईदुई विकेट लिनुभयो भने कासिगो रबडा, केशव महाराज र एडेन मार्करमले एकएक विकेट हात पार्नुभयो।

    पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न अस्ट्रेलियाका लागि मिचेल स्टार्क र प्याट कुमिन्सले समान तीन–तीन विकेट लिनुभएको थियो भने जोश हेजलवुड र टेभिस हेडले समान दुईदुई विकेट हात पार्नुभएको थियो।

    पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले पराजित गर्दै भारत यसअघि नै फाइनल पुगिसकेको छ । मंसिर ३ गते आइतबार हुने विश्वपको फाइनलमा अब अस्ट्रेलियाले भारतको सामना गर्नेछ । साभार गोरखापत्र

    Post Views: 259
    प्रकाशित मिति: २०८० मंसिर १, शुक्रबार ०७:३२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.