• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

अन्यत्रबाट पैठारी हुने फूलको जिम्मेवारी क्वारेन्टाइनले नलिने

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २५, शनिबार ०७:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, कात्तिक २५ गते / कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले अनधिकृत रूपमा अन्यत्रबाट पैठारी हुने सामग्रीको जिम्मेवारी लिन नसक्ने स्पष्ट पारेको छ ।

    क्वारेन्टाइनले फूल आयातका लागि इजाजत दिएको भनि फूल व्यवसायीबाट कृषि मन्त्रालयसम्म गुनासो पु¥याएपछि क्वारेन्टाइनले सो कुरा स्पष्ट पारेको हो । क्वारेन्टाइनले विज्ञप्ति जारी गरी राज्यले पैठारी निषेध नगरेका कुनै पनि बिरुवा तथा बिरुवाजन्य उपजहरूको बिरुवा क्वारेन्टाइन तथा संरक्षण ऐन, २०६४ र नियमावली, २०६६ मा भएको व्यवस्था अनुरूप तोकिएको प्रक्रिया पु¥याएर पैठारी गर्न पाउने व्यवस्था रहेको उल्लेख गरेको छ ।

    केन्द्रका प्रमुख सावित्री बरालका अनुसार नेपाल–भारत बिचमा रहेको खुला सिमाना र देशका १७० भन्दा बढी स्थानमा रहेका भन्सार कार्यालयमध्ये ११ स्थानमा मात्र यस क्वारेन्टाइन अन्तर्गत रहेका छन् । ती स्थानबाट मात्र बिरुवा तथा बिरुवाजन्य उपजको पैठारी हुनुपर्ने चुनौती देखिएको छ ।

    सीमा सुरक्षा निकायबाट बरामद भएको सामग्रीसमेत कानुनबमोजिम नष्ट गर्नुपर्ने चुनौती रहेको उल्लेख गर्दै प्रमुख बरालले तयारी कटफ्लावर तथा आलङ्कारिक बिरुवाहरू तुलनात्मक हिसाबले विलासिताका वस्तुको वर्गमा वर्गीकरण गरी भन्सार महसुल एवं अन्य शुल्क लगाई पैठारी निरुत्साहित गर्न सुझाव दिनुभएको छ ।

    केन्द्रबाट कात्तिक १ गतेअघि ५८ वटा प्रवेश अनुमतिपत्र जारी भइसकेको र त्यसबाट कुल तीन लाख दुई हजार ३३६ केजी सयपत्री फुलको छोडपुर्जी जारी भएको क्वारेन्टाइनले जनाएको छ । केन्द्रबाट प्रदान गरिएको एकमुष्ट सिफारिस पटक पटक प्रयोग गरी प्रवेश अनुमतिपत्र माग गरिएका ४८ वटा प्रवेश अनुमतिपत्र निलम्बन गरिएको क्वारेन्टाइनले जनाएको छ ।

    चाडपर्वलक्षित पैठारी भएका सयपत्री फूल तथा मालाहरू देशका सबै भागमा पुग्न सक्ने र सोबाट शत्रुजीव जोखिम हुन सक्ने आकलन गरी केन्द्रले पैठारी हुने फूल १६ वटा विभिन्न शत्रुजीवमुक्त भएको प्रमाणीकरण हुनुपर्ने व्यवस्था गरेको छ । सोबमोजिम हालसम्म नौ वटा प्रवेश अनुमतिपत्रबाट चार लाख ५० हजार केजीका लागि अनुमतिपत्र जारी भएको केन्द्रले जनाएको छ ।

    फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले पनि शुक्रबार विज्ञप्ति जारी गरी सरकारबाट फूल आयातमा गरेको कडाइको प्रशंसा गरेको छ । अवैध रूपमा पुष्प आयात गर्ने, भण्डारण गर्ने तथा बिक्री गर्नेमाथि गृह मन्त्रालयले प्राथमिकताका साथ अनुगमनसमेत गरिरहेको र यसमा फ्यानले निरन्तर समन्वयमा रहेको जानकारी गराएको छ ।

    Post Views: 237
    प्रकाशित मिति: २०८० कार्तिक २५, शनिबार ०७:३५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.