हात्तीसार(बर्दिया), कार्तिक १७ गते / बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका हात्तीहरुको कार्तिक १६ गते बिहिवार स्वास्थ्य परिक्षण गरिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज, प्रकृति संरक्षण कोष बर्दिया, पशु चिकित्सक, स्वास्थ्य प्राविधिक र कर्मचारीहरुको सहभागीतामा १३ वटा पालुवा हात्तीको स्वास्थ्य परिक्षण गरिएको चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठ 
बताए ।
शिविरमा हात्तीहरुलाई जुकाको औषधि खुवाउने, रगत जाँच गर्ने देखी फुट ट्रीमिङ (नङ काट्ने), र क्षयरोग (टि.बी.) को जांच गरिएको साथै हात्तीलाई जुकाको औषधि समेत छ छ महिनामा खुवाउने गरिएको र जुकाको औषधि नियमित सेवन गराएमा हात्तीको पेटको समस्या नहुने पशु चिकित्सक डा. श्रेष्ठ ले भने ।

बर्दियामा १३ वटा हात्तीहरु हात्तीसारमा रहेको छ।
पालुवा हात्तीमा सबैभन्दा ठुलो समस्या नङ रहेको र नियमित रूपमा नङ काटिएन भने हात्तीलाई हिड्नै नसक्ने अवस्थामा पुग्न सक्ने भएकाले नियमित छ-छ महिनामा हात्तीको नङ काट्नु पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वारा का वार्डेन अशोक रामले बताए।

हात्तीको स्वास्थ्य पत्ता लगाउन रगतको नमुना संकलन समेत गरिएको र उक्त नमूनाबाट हात्तीको रक्तकोषहरुको अवस्था तनाव र पोषणको अवस्था पत्ता लगाइन सहज हुने समेत निकुञ्जका वार्डेन अशोक रामले भने।
हात्तीमा देखा पर्ने समस्या मध्ये ४० % समस्या खुट्टामा देखिने गरेको र बढि हात्तीको खुट्टामा ध्यान दिने गरिएको वार्डेन अशोक रामले जानकारी दिए।
हात्ती प्रजनन केन्द्र हात्तीसारमा बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया र केएसीएफ फन्डको सहयोगमा हात्ती हेल्थ क्याम्प संचालन गरिएको थियो ।






