• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सुरक्षा÷अपराध आठ महिनादेखि श्रीमानको हत्यारा खोज्दै

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १६, बिहीबार ०७:१० प्रकाशित
    • अ-
    • अ
    • अ+
    बुटवल ६ चाँदबारीस्थित खोलामा शंकास्पद रूपले मृत अवस्थामा फेला परेका रामबहादुर रानाको हत्यारा पत्ता लगाउन नसकेको भन्दै परिवारले चिन्ता ब्यक्त गरेका छन् । झण्डै आठ महिनाअघि गत फागुन २४ गते राती राम बहादुरको शंकास्पद रूपमा हत्या भएको र घटनाको अनुसन्धानमा प्रहरीले चासो नदेखाएको पिडित परिवारले गुनासो गरेका छन् ।ट्राफिक चौकस्थित पुरानो बुटवल चलचित्र हलको पछाडीतिर होटेल संचालन गरि दिपनगर बस्ने रामबहादुरको राती घरजाने क्रममा हत्या भएको र आफ्नो श्रीमानको शंकास्पद रूपमा मृत फेला परेको भएपनि प्रहरीले घटनालाई गम्भीर रूपमा नलिएको श्रीमती अम्बी रानाले गुनासो गरेकी हुन । मृतक रामबहादुरकी श्रीमती रानाले बुटवलमा पत्रकारहरूसँग कुरा गर्दै घटना घटेको लामो समय बितिसक्दा पनि प्रहरीले घटनाको अनुसन्धानमा चासो नदिएको बताएकी छन् ।पीडित परिवारका अनुसार गुल्मीको मुसिकोट घरभई बिगत ६ बर्षदेखि होटेल तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका ४५ बर्षिय रामबहादुर राना गत फागुन २४ गते बुटवलको चाँदबारीमा मृत अवस्थामा फेला परेका थिए । रातको पौने १० बजेसम्म परिवारको सम्पर्कमा रहेका राना राती घर नगएपछि अर्को दिन बिहानै खोजतलास गर्दा परिवारले मृत अवस्थामा फेला पारेका थिए । मृतकको टाउकाको पछाडीको भागमा गम्भीर चोट लागेको र सिसि टिभि फुटेजमा एक ब्यक्तिले कठालोमा समातेर लगेको देखिएकोले दुर्घटना नभएर हत्या भएको परिवारको दाबी छ । एक छोरा र पाँच छोरीका बाबु रामबहादुरको शंकास्पद निधनले परिवारमा ठूलो बिपत्ती परेको छ । मृतक रानाकी श्रीमतीले आफ्नो श्रीमानको हत्या भएको र प्रहरीमा पटक पटक किटानी जाहेरी दिँदा प्रहरीले जाहेरी दर्ता समेत नगरेको भन्दै उनले आपत्ती जनाएकी छन् । उनी भन्छिन्—सिसिटीभी फुटेजमा एउटा मान्छेले कठालो समातेर तानेर लाँदै गरेको दृष्य प्रष्ट छ । लडेर वा डुबेर मर्ने खालको खोला पनि छैन, घटनाको प्रकृति हेर्दा हत्या गरि फालेको जस्तो देखिन्छ । घटनास्थल नजिकै करिब १ सय मिटर तल प्रहरी बिट छ ।पीडित श्रीमती रानाले अगाडी भनिन्—हत्या हुने क्रममा हारगुहार हल्लाखल्ला केही भएको हुनुपर्ने हा,े स्थानीयले थाहा पाउनु पर्ने हो, प्रहरीले पनि थाहा पाउनु पर्ने हो, अनुसन्धानका लागि केही आधार र प्रमाणहरू हुदाहुदै पनि घटनाको रहस्य पत्ता नलाग्नु र प्रहरीले तदारुकता नदेखाउनुमा के रहस्य छ हामीले बुझ्न सकेका छैनौ, अव त हामीले न्याय पाउदैनौ कि जस्तो लाग्न थालेको छ ।इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं डिएसपि दानबहादुर थापाले भने घटनाको अनुसन्धान भैरहेको प्रतिक्रिया दिए । डिएसपि थापाका अनुसार प्रहरीले आफ्नो तर्फबाट गर्ने अनुसन्धानको काम गरिरहेको र निष्कर्षमा नपुगेसम्म सबै कुरा थाहा नहुने उनले बताए । अनुसन्धानमा प्रहरीले कुनै कसर बाँकी नराख्ने उनले दावी समेत गरेका छन् । सभार बुटवल टूडे
    Post Views: 167
    प्रकाशित मिति: २०८० कार्तिक १६, बिहीबार ०७:१०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.