• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

जाडो मौसममा पनि किन बढ्दैछ डेंगु सङ्क्रमण ?

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १५, बुधबार ०६:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, कात्तिक १५ गते / जाडो याम सुरु भए पनि काठमाडौँका मुख्य अस्पतालहरूमा डेंगुका बिरामीको संख्या घट्नुको साटो बढ्दो छ । राजधानीको सिभिल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा डेंगु सङ्क्रमित उपचारका लागि आउने क्रम बढेको अस्पतालहरूले बताएका छन् ।

    ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कले पनि डेंगु सङ्क्रमण बढेको पुष्टि छ । हालसम्म सङ्क्रमितको सङ्ख्या ४२ हजार ४११ पुगेको छ ।

    गत पुस महिना यता डेंगु सङ्क्रमणबाट २० जनाको मृत्यु भइसकेको छ । ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा बाबुराम मरासिनीले पछिल्ला वर्ष जलवायु परिर्वतनसँगै डेंगु सार्ने लामखुट्टेले पनि वातावरण अनुकुल आफूलाई परिवर्तन गर्दै गएकाले हिमाल, पहाड अनि चिसो मौसममा पनि सक्रिय भएको सुनाउँछन् ।

    डेंगु सार्ने लामखुट्टे १० देखि २५ डिग्री सेल्सियससम्म बाँच्न सक्छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा तापक्रम बढेसँगै लामखुट्टेका लागि प्रजनन् गर्ने वातावरण बन्दै गएको छ ।

    मलेरियालाई कम गर्ने क्रममा विगतमा विभिन्न प्रकारका औषधि छर्किंदा चुरे तलका साइड, कोशी टापुजस्ता क्षेत्रमा गएर लामखुट्टेले आफूलाई बचाउन सफल भएको अध्ययनमा संलग्न विज्ञहरूले बताए ।

    डा. मरासिनीका अनुसार लामखुट्टे अति सानो प्राणी भए पनि धेरै चलाख हुन्छ । एडिस जातको लामखुट्टेले आफू बाँच्नका लागि हरप्रकारका तरिका अपनाउने गरेको विभिन्न अध्ययनले देखाएको छ ।

    मलेरियालाई कम गर्ने क्रममा विगतमा विभिन्न प्रकारका औषधि छर्किंदा चुरे तलका साइड, कोशी टापुजस्ता क्षेत्रमा गएर लामखुट्टेले आफूलाई बचाउन सफल भएको अध्ययनमा संलग्न विज्ञहरूले बताएको उनले सुनाए ।

    ‘लामखुट्टेको प्रजनन् हुने सम्भावना भनेको अब टायरभित्र हो । अरु भाँडामा जमेको पानी चाँडै चिसो हुन्छ । तर, टायरमा जम्मा भएको पानी दिनभर मज्जाले तात्छ । राति पनि तातो टायरमा जमेर बसेको पानी हत्तपत्त सेलाउँदैन, त्यहाँ लामखुट्टेको प्रजननका लागि अनुकुल वातावरण हुने सम्भावना हुन्छ,’ डा. मरासिनीले भने ।

    उनले न्यूनतम तापक्रममा लामखुट्टेको प्रजननसँग सिधा सम्बन्ध रहेकाले अब सङ्क्रमणको दर कम हुने बताए ।

    एडिस जातको लामखुट्टेले घट्दो तापक्रमसँग बाँच्नका लागि संघर्ष गरेको पाइएको छ । चिसो मौसममा पनि एडिस जातको लामखुट्टेले बाँच्नका लागि आफ्नो क्षमताको विकास गरेकाले पनि पछिल्ला वर्षमा चिसो मौसममा पनि यो सक्रिय भएको छ ।

    यद्यपि लामखुट्टेले हवाई, स्थलमार्ग हुँदै एक देशबाट अर्का देशमा पुगेर मलेरिया लगायतका रोग सारेको प्रमाणित भएको छ । यस्तै नेपालमा पनि हवाई र स्थल यातयात हुँदै तराईबाट हिमाल, पहाडमा पुगेर डेंगु सङ्क्रमण गराउन सक्ने सम्भावना भएकाले सचेत हुनुपर्ने उनको भनाइ छ ।

    मरासिनी भन्छन्, ‘एडिस जातको लामखुट्टेले घट्दो तापक्रमसँग बाँच्नका लागि संघर्ष गरेको पाइएको छ । चिसो मौसममा पनि एडिस जातको लामखुट्टेले बाँच्नका लागि आफ्नो क्षमताको विकास गरेकाले पनि पछिल्ला वर्षमा चिसो मौसममा पनि यो सक्रिय भएको छ । एडिस जातको लामखुट्टे कठिन अवस्थामा पनि बाँच्न सक्छ ।’

    उता ल्यानसेट जर्नलमा २०७६ सालमा ‘द डेंगी इपिडेमिक एन्ड क्लाइमेट चेन्ज इन नेपाल’ शीर्षकमा प्रकाशित अध्ययनमा वर्षासँगै बढ्दो तापक्रम, आद्रताका कारण डेंगु सार्ने लामखुट्टेका लागि वातावरण अनुकुल हुँदै गएको देखाएको छ ।

    १० डिग्री सेल्सियसभन्दा तल डेंगु सार्ने लामखुट्टे बाँच्ने सम्भावना हुँदैन । अर्थात् चिसो मौसम सुरु भए पनि यस समय डेंगु सार्ने लामखुट्टेका लागि उपयुक्त भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेर बहादुर पुन बताउँछन् ।

    कात्तिक, मंसिर महिना पनि डेंगु सार्ने लामखुट्टेलाई उपयुक्त समय बनेकाले डेंगु सङ्क्रमित भइरहेको उनले बताए । तर सङ्क्रमित बिरामी विगतमा जस्तो सिकिस्त भइ नआएको उनी सुनाउँछन् ।

    ईडीसीडीका अनुसार डेंगु सङ्क्रमण गराउने भाइरसका डेन १, डेन २, डेन३ र डेन ४ हो । हाल सङ्क्रमण देखिएका व्यक्तिमा कुन भाइरसको सङ्क्रमण भएको भन्ने अध्ययन भएको छैन । नेपालमा विगतमा डेन २ र डेन ३ प्रजातिको डेंगु सङ्क्रमण पाइएको छ । यस्तै, एक प्रकारको प्रजातिको डेंगु सङ्क्रमण भइसकेको मानिसलाई पुनः अर्को पटक अर्को प्रजातिले सङ्क्रमण गर्न सक्ने र स्वास्थ्यवस्था गम्भीर हुन सक्ने चिकित्सकहरू बताउँछन् ।

    पाँच हप्तासम्म लामखुट्टेको आयु हुन्छ । त्यसैले वयस्क लामखुट्टे पाँच हप्ताभन्दा बढी बाँच्न सक्दैन । चिसो बढ्दै गएपछि क्रमशः अब नयाँ लामखुट्टे नबन्ने र सङ्क्रमण दर कम हुने पूर्व निर्देशक डा.मरासिनी बताउँछन् । साभार रातोपाटि

    Post Views: 220
    प्रकाशित मिति: २०८० कार्तिक १५, बुधबार ०६:५१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.