• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

दलितभित्रै चर्को जातीय विभेद

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १५, बुधबार ०६:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    बाजुरा, कात्तिक १५ गते / गैरदलितले दलितमाथि गर्ने जातीय विभेद त पहिलादेखि अहिलेसम्म उस्तै छ । त्योभन्दा पनि अहिले बाजुरामा दलितमै जातीय विभेद चर्को रूपमा बढ्दै गएको छ ।

    बाजुरामा दलित दलितमाथि नै जातीय विभेद चर्को रूपमा बढ्दै गएको हो । सार्की, विक, लुहार, सुनारलगायतका थरका दलितले नेपाली, गन्धर्व, वादी थरका दलितलाई विभेद गर्दै आएपछि अहिले बाजुरामा दलित दलितमाथि दलितकै विभेद चर्किंदै गएको हो । जातीय विभेदमा परेको गुनासो गर्दै जिल्लामा विभेदविरुद्धका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका दलित दलितबिच नै विभेद हुँदा छुवाछुत उन्मूलनमा समस्या भएको छ ।

    सार्की, लुहार, विक र सुनारका पुरानादेखि नयाँ पुस्ताले समेत नेपाली, गन्धर्व, वादीका हातको पानीसमेत नखाने गरेको बुढीगङ्गा नगरपालिका–२, नडाङका तुलाराम नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “विवाह र अन्य चाडपर्वमा नेपालीलाई बाजा बजाउन बोलाउने तर सार्वजनिक मठमन्दिर तथा निजी घरभित्र अझै उनीहरूले नेपाली परिवारलाई विभेद गर्दै आएका छन् ।”

    कथित उपल्लो दलित जातिका अधिकांश धामीझाँक्री नेपाली र वादीको घर जान्छन् तर आफ्नो घरमा जाँदा शरीरमा पानी छिटा हालेर छोइछिटो गरेर मात्र प्रवेश गर्छन् । जातीय विभेद तथा छुवाछुत भनेको जात, धर्म, पेसा, क्षेत्र, लिङ्ग, अपाङ्गता, शारीरिक प्रणाली आदिका आधारमा गरिने भेदभाव हो । सहरको तुलनामा ग्रामीण क्षेत्रमा छुवाछुत अझै व्यापक छ ।

    कतिपय स्थानमा दलित समुदायमाथि विभेद गर्ने, मठमन्दिरमा प्रवेशमा रोक लगाउने जस्ता व्यवहार भइरहेका छन् । बाजुराका नौ वटै स्थानीय निकायमा सार्की, विक, लुहार, नेपाली, चँदारा, गन्धर्व, सनाई ओड, कुमाल, सुनार, कामी, कडारा, तिरुवा र परीलगायतका दलित बसोबास गर्दै आएका छन् । यी सबै जाति दलितमा सूचीकृत छन् र राज्यले यी सबै दलित समुदायका लागि कोटा आरक्षण गरेको छ ।

    गैरदलितले दलितमाथि गर्दै आएको जातीय विभेद अन्त्य गर्न लाग्नुको साटो उल्टै दलितले दलितमाथि यस्तो विभेद गर्नु कानुनी रूपमा गलत भएको त्रिवेणी नगरपालिका–८ का दलित अगुवा हरि नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यले हामी सबैलाई दलित भनेर सूचीकृृत गरेको छ तर हामीमा पनि एक जातले अर्को जातलाई विभेद गर्नु भनेको छुवाछुत प्रथालाई अपनाउँदै जानु हो ।” यहाँका उपल्लो जातिको मठमन्दिर तथा घरमा दलितले प्रवेश गर्न पाउँदैनन् । त्यसै गरी दलितमा पनि नेपाली, दमाई, वादीले सार्की, विक र सुनारको मठमिन्दर तथा घरमा प्रवेश गर्न पाउँदैनन् ।

    नेपालको संविधानले पनि छुवाछुत तथा भेदभावविरुद्धको हक व्यवस्था गरेको छ । कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जातजाति, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थलमा कुनै प्रकारको भेवभाव वा छुवाछुत गर्न नपाइने उल्लेख गरिएको छ । तर पनि बाजुराका विभिन्न गाउँबस्तीमा निजी तथा सार्वजनिक स्थलमा समेत जातीय विभेद तीव्र रूपमा हुने गरेको पाइन्छ ।

    दलितमाथि भएको जुनसुकै विभेद अन्त्य गर्न त्रिवेणी नगरपालिकाले यस वर्ष झन्डै पाँच लाख रुपियाँ विनियोजन गरेको त्रिवेणी नगरपालिका लेखा समिति संयोजक गगनजङ्ग बुढाले बताउनुभयो । जिल्लामा व्यापक रूपमा रहँदै गएको जातीय विभेद अन्त्य गर्नुभन्दा पहिला दलितले दलितलाई गर्दै आएको विभेद अन्त्य गर्न लागिपरेको त्रिवेणी नगरपालिका नगरस्तरीय दलित नेटर्वक अध्यक्ष वीरबहादुर विकले बताउनुभयो । साभार गोरखापत्र अनलाइन (शेरबहादुर सार्की)

    Post Views: 228
    प्रकाशित मिति: २०८० कार्तिक १५, बुधबार ०६:३०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.