• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

टेलिकममा निमित्त प्रबन्ध निर्देशक नियुक्तिलाई लिएर कर्मचारी युनियनहरूको आपत्ति

  •  माउण्टेन संवाददाता
  • २०८२ माघ २८, बुधबार १८:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं / नेपाल टेलिकमका दुई ठूला कर्मचारी संगठनहरूले निमित्त प्रबन्ध निर्देशक नियुक्तिको विषयलाई लिएर आपत्ति जनाएका छन्

    नेपाल दूरसंचार राष्ट्रिय कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रचलित विनियमावली र विधिलाई मिचेर गरिएको नियुक्तिप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।

    कम्पनीकी निमित्त प्रबन्ध निर्देशक सविना मास्के प्रधान उमेर हदका कारण यही माघ २१ बाट अनिवार्य अवकाशमा गएपछि रिक्त सञ्चार मन्त्रालयले माघ २३ गते अर्को कर्मचारीलाई निमित्तको जिम्मेवारी तोकेको थियो ।

    कर्मचारी संगठनहरूले उक्त नियुक्ति नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी सेवा शर्त विनियमावली विपरीत रहेको दाबी गरेका छन् ।

    कुनै कार्यालय प्रमुखको पद रिक्त रहेमा सोही कार्यालयको सबैभन्दा वरिष्ठ कर्मचारीले निमित्त भई काम गर्नुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै वरिष्ठतम कर्मचारीलाई पन्छाएर अर्कैलाई जिम्मेवारी दिँदा कम्पनीमा गलत नजिर बस्ने र आन्तरिक व्यवस्थापनमा अराजकता निम्तने कर्मचारी संगठनहरूको निचोड छ ।

    निर्वाचन आचारसंहिता समेत लागू रहेको समयमा विगतको परम्परा र विनियमावली प्रतिकूल हुने गरी गरिएको निर्णयले कानुनी र नैतिक प्रश्न उठाएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका महासचिव गोविन्द ढुंगाना र नेपाल राष्ट्रिय कर्मचारी संगठनका सचिव वेदप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् ।

     

     

    साभार नेपालप्रेस

    Post Views: 111
    प्रकाशित मिति: २०८२ माघ २८, बुधबार १८:०७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.