हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा तीज मिलन तथा वृहत सांस्कृतिक कार्यक्रममा हुने भएको छ ।
फुलबारी युवा क्लब गुलरिया बर्दियाद्वारा आयोजना हुने बाँके बागेश्वरी क्याम्पस आदर्शनगर नेपालगंज, बाँके मुख्य प्रयोजक रहेको तीज मिलन तथा बृहत सांस्कृतिक कार्यक्रम यहि भदौ ८ गते आइतबार गुलरिया–५ स्थित जिल्ला समन्वय समिति बर्दियाको गेट अगाडी हुने अयोजक क्बलका अध्यक्ष आदर्श शर्माले जानकारी दिए ।

कार्यक्रममा मुख्य आर्कषकको रुपमा गायक तथा सर्जक शिव हमालको जोडदार प्रस्तुति रहने जनाइएको छ ।

साथै मोडलहरु लक्ष्मी चौधरी, भावना चौधरीको धमाकेदार प्रस्तति रहेने अयोजक फुलबारी युवा क्लब गुलरियाले जनाएको छ । एक दिने तीज मिलन तथा वृहत सांस्कृतिक कार्यक्रमको संचालन उद्घोषक तथा मोडल प्रेरणा गिरीले गर्नेछिन ।
कार्यक्रमका लागी आवश्यक सम्पुर्ण तयारी गरिएको क्लबका अध्यक्ष शर्माले बताए ।
पछिल्लो समय तीजका कार्यक्रमहरुमा केही विकृतीहरु समेत भित्रिएको बताउँदै यस कार्यक्रममा मौलिक तथा आधुनिक सांस्कृतिक प्रस्तुति मार्फत आम दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने र कला संस्कृतिको संरक्षण गर्ने उद्धेश्य रहेको अध्यक्ष शर्माले प्रष्ट पारे ।
कार्यक्रमका लागी सम्पुर्ण तयारी भइसकेको भन्दै सम्पुर्ण गुलरिया नगरबासी लगायत अन्य क्षेत्रका महानुभावहरुलाई समेत कार्यक्रममा उपस्थित भई मनोञ्जन लिई कार्यक्रमको शोभा बढाइ हौसला प्रदान गरिदिनु अध्यक्ष शर्माले आग्रह समते गरेका छन ।
फुलबारी युवा क्लब गुलरियाको अयोजना रहेको छ भने बाँके बागेश्वरी क्याम्पस आदर्शनगर नेपालगंज, बाँके मुख्य प्रयोजक रहेको छ । गुलरिया नगरपालिका न्यायीक समिति गुलरियाको समन्वयमा आयोजनामा हुन लागेको यस तीज मिलन तथा सांस्कृतिक कार्यक्रममा साझेदारी मिडियाका रुपमा माउन्टेन समाचार दैनिक रहेको छ ।




