भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशीको हर्सिल क्षेत्रमा मंगलबार दिउँसो आएको बाढी र पहिरोमा नेपालका १७ जना बेपत्ता भएका छन् । जसमा बर्दियाका ४ जना रहेका छन् ।

भारतको उत्तराखण्डमा आएको भिषण पहिरोममा परि बेपत्ता भएकाहरु मध्यमा बर्दियाका ४ जना बेपत्ता भएका परिवारजनले जानकारी गराएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
बेपत्ता हुनेमा बर्दियाका मधुवन नगरपालिका बाड नं ६ को चार नं गाँउका एकै परिवारका तीन जना रहेका छन भने मधुवन नगरपालिका बाड नं ५ को आठ नं गाँउका एक जना रहेको परिवारबाट जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी पौडेलले भने ।
पहिरोमा बेपत्ता हुनेमा एकै परिवारका मधुवन नगरपालिका बाड नं ६ का ३९ वर्र्षीय नरेन्द्र खड्का, ३० वर्र्षीया श्रीमती सरस्वती खड्का र २ वर्र्षीय छोरा रोमन खड्का बेपत्ता भएको परिवारले जानकारी दिएको साथै मधुवन नगरपालिका वडा नं ५ को गाउँ नम्बर ८ का ४५ वर्षीय रामु परियारकी श्रीमती अमृता परियार रहेको समेत पौडेलले बताए । .




