मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादु भाटले साउन १९ गते (सोमबार) बर्दिया जिल्ला अस्पतालमा सेवा लिन आएका मधुबनबासीसँग अस्पतालमा भेट गरि स्वास्थ्य अवस्था र अस्पकतालको सेवा सुविधाको बारेमा जानकारी लिएका छन् । उँहाका साथमा बर्दिया अस्पताल विकास समितिका अध्यक्ष रविन्द्रकुमार यादव, बबई बहुमुखी क्याम्पसका सहप्राध्यापक राजेन्द्रप्रसाद धितात लगाएत उपस्थिती रहेको थियो । सोमबार अस्पतालमा स्थास्थ्य चेँकजाच गर्न आएका बिरामी मध्य गुलरिया नगरपालिकाका र मधुवन नगरपालिकाका बिरामीको बढि रहेको अस्पताल विकास समितिका अध्यक्ष यादवले जानकारी दिनुभयो ।