जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले लागू औषध ब्राउन सुगरसहित दुई युवालाई नियन्त्रणमा लिएको छ ।


साउन ११ गते राति ९ः०० बजे इलाका प्रहरी कार्यालय सानोश्री बाट खटिएको टोलीले मधुवन नगरपालिका–८, लालिबजारमा नेपालगन्जबाट कैलालीतर्फ जाँदै गरेको भे ६ प ६२२८ नम्बरको स्कुटरमा सवार कैलाली जिल्ला बर्दगोरिया गाउँपालिका वडा नं. १ का १८ वर्षीय लक्ष्मण रावल र सोही स्कुटरमा सवार कैलाली कै १८ वर्षीय लक्ष्मण साउँदलाई प्रहरीले शंका लागि जाँच गर्दा ६ सय ७० मिलिग्राम लागुऔषध सहित बरामत गरेको जिल्ला प्रहरी कार्यालया बर्दियाका प्रहरी नायव उपरीक्षक चक्रबहादुर डमरपालले जानकारी दिए ।
उनीहरूलाई स्कुटरसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि जिल्ला अदालत बर्दियाबाट पाँच दिनको म्याद लिएर इलाका प्रहरी कार्यालय ढोढरीमा राखिएको बर्दिया प्रहरी का नायब उपरीक्षक डमरपालले बताए ।




