• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

महिला किसानहरूलाई व्यवसायिक योजना निर्माण सम्बन्धी २ दिने तालिम

  •  संजय आचार्य
  • २०८१ फाल्गुन २४, शनिबार १०:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    फाल्गुण २४ गते / बर्दिया का स्थानिय महिला किसानहरुलाई  व्यावसायिक योजना निर्माण सम्बन्धी तालिम दिइएको छ।

    थारु महिला उत्थान केन्द्रको आयोजना तथा नागरिक आवाजको सहयोगमा सामुदायिक सुरक्षा जालो अभियान अन्तर्गत गुलरिया नगरपालिका वडा नम्बर ४ र ५ का महिला किसानहरूलाई व्यवसायिक योजना निर्माण सम्बन्धी २ दिने तालिम दिएको हो।

    विभिन्न कृषक समूहमा आबद्ध सदस्यहरू मध्यबाट २७ जना लाई छनोट गरी तालिम दिइएको संस्थाले जनाएको छ । विहिबार देखी  सुरु भएको तालिम शुक्रबार सम्पन्न भएको हो ।

    संस्थाले सञ्चालन गरिराखेका परियोजना अन्तर्गत महिला  किसानहरूलाई व्यवसायी योजनाको आधारमा उद्यम विकासमा सहयोग गरी महिला मैत्रीय कार्यक्रमहरू गरिदै आएको थारु महिला उत्थान केन्द्रकी कार्यकारी निर्देशक प्रिज्मा सिंह थारुले बताइन्।

    प्रत्येक महिला किसानले आफ्नो व्यवसायको ऐना आफैले तयार गरी सोही अनुसार काम गर्न सकेमा आर्थिक उपार्जनको हिसाबले महिला को जिवीकोपार्जन को हिसाबले सजिलो हुने प्रशिक्षक तेजमणि पन्थले बताए। पन्थका अनुसार व्यवसायिक योजना सबै किसानले बनाउन जरुरी हुन्छ।बिना योजना गरिएको कुनै पनि काम सफल हुन नसक्ने बताए।

    तालिममा सिलाई कटाई ,तरकारी खेती ‘बङ्गुरपालन, बाख्रापालन ,गाईभैंसी पालन , र केरा खेती गरी छ प्रकारका व्यवसायीहरूलाई तालिम दिइएको छ ।

    विगत एक वर्षदेखि बाख्रापालन गर्दै आएकी गुलरिया नगरपालिका वडा नम्बर ५ बालापुरकी  सहभागी महिला किसान पार्वती चौधरीले तालिमबाट धेरै कुरा सिकेको बताइन्। आगामी दिनमा प्राप्त तालिमले योजना बनाई हिसाब किताब चुस्त दुरुस्त राख्न आफूले सिकेको उनले बताइन् ।

    यस्तैगरी अर्की सहभागी  गुलरिया नगरपालिका वडा नम्बर ४ सानो बेचैपुरकी बसन्ती थारुले तालिमले आफूलाई हिसाब किताब राख्न सजिलो बनाउने तथा आधुनिक तरिकाले कसरी आफ्नो व्यवसायलाई अगाडि बढाउन सकिन्छ यस्ता कुरा सिकेको बताइन् ।

    तालीममा सहजिकरण गर्दै आएका संस्थाका चल्टु थारुले गाउँमा घरमा गई महिला किसानहरूसँग समन्वय तथा उनीहरूले नजानेका कुराहरू सिकाउँदै आएको बताए ।महिला किसानले उत्पादन गरेको सामग्रीकोबजारीकरण होस् या समय समयमा आइपर्नेअन्य समस्यामा  थारुले महिला किसानहरूलाई सहयोग गर्दै आएको उनले बताए। ।

    Post Views: 324
    प्रकाशित मिति: २०८१ फाल्गुन २४, शनिबार १०:०६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.