• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

देशैभरि १६ लाख किशोरीलाई एचपिभी खोप लगाइँदै

  •  माउण्टेन संवाददाता
  • २०८१ माघ २०, आईतवार २१:०६ प्रकाशित
    सरकारले माघ २२ गते फागुन ६ गतेसम्म ह्युमन प्यापिलोमा भाइरस(एचपिभी) विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको छ ।
    • अ-
    • अ
    • अ+

    सरकारले माघ २२ गतेदेखि फागुन ६ गतेसम्म ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १६ लाख किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको हो ।

    परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार विद्यालय जाने ६ देखि १० कक्षासम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका देशभरका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप अभियान सञ्चालन गर्न लागेको हो । सरकारले विद्यालयमा खोप केन्द्र तोकेको हुँदा लक्षित किशोरीलाई विद्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

    कुन प्रदेशमा कति ?

    सरकारले कोशी प्रदेशका दुई लाख ५९ हजार ८८१, मधेश प्रदेशका चार लाख सात हजार  २९१, बाग्मती प्रदेशका दुई लाख ७३ हजार १२१ जनालाई खोप लगाउने लक्ष्य लिएको छ । त्यसैगरी, गण्डकी प्रदेशका एक लाख १८ हजार  ७७४, लुम्बिनी प्रदेशका दुई लाख ९९ हजार ४७१, कर्णाली प्रदेशका  एक लाख २८ हजार २९६  र सुदूरपश्चिम प्रदेशका दुई लाख एक हजार ९३६ जना लक्षित समूह छन् ।

    योभन्दा पहिले आर्थिक वर्ष २०७२/७३,७३/७४ मा दुई वर्ष चितवन र कास्की जिल्लामा परीक्षणको रूपमा एचपिभी खोप अभियान सञ्चालन गरिएको थियो । आर्थिक वर्ष २०८०/८१ मा परीक्षणको रूपमा सातै प्रदेशका एक/एक वटा अस्पतालबाट खोप प्रदान गरिएको थियो ।

    क्यान्सर रोग विशेष डा.सरिता घिमिरेका अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपिभी  भाइरस हो ।  यो भाइरसको दुई सयभन्दा बढी किसिमका प्रजाति हुन्छन् र तीमध्ये कम्तीमा  १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ । नेपालमा १६ र १८ प्रजाति ८० प्रतिशतले पाठेघरको मुखको क्यान्सर बनाउने अध्ययनले देखाएको छ ।

    सरकारले अभियानमा लगाउन लागेको एचपिभी विरुद्धको खोपले १६ र १८ प्रजातिबाट सङ्क्रमण हुने पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउने डा.गौतमको दाबी छ ।

    विश्व स्वास्थ्य सङ्गठनबाट मान्यताप्राप्त हुनुका साथै औषधी व्यवस्था विभागले समेत स्वीकृत गरेको हुँदा यो खोप सुरक्षित र प्रभावकारी भएको डा.गौतमको भनाइ छ ।  यसको प्रभावकारिता शतप्रतिशत रहेको विभिन्न अध्ययनले देखाएको छ ।

    डा.गौतमका अनुसार यो खोपले महिनावारीमा कुनै असर गर्दैन । उहाँ भन्नुहुन्छ,“किशोरीको महिनावारी नियमित प्राकृतिक प्रक्रिया हो । यसले एचपिभी खोप लगाउँदैमा महिनावारी छिटो वा ढिलो हुने हुँदैन।” साथै एचपिभी खोप र बाँझोपनबिच कुनै सम्बन्ध नरहेको ढुक्क भएर खोप लगाउन डा.गौतमको सुझाव छ ।

    यो खोप ९८ देखि १०० प्रतिशतसम्म प्रभावकारी हुने अध्ययनले देखाएको छ । यो खोप लक्षित किशोरीलाई एक मात्रा डोज दिए पुग्छ । यो खोप ०.५ एमएलले पुग्ने डा.गौतम बताउनुहुन्छ। खोप सुइको माध्यमबाट बायाँ पाखुराको माथिल्लो भागमा मासुभित्र दिनुपर्दछ । यो खोप लक्षित समूह बाहेक अन्य व्यक्ति, गर्भवती, पहिला कुनै खोप लगाउँदा विगतमा गम्भीर एलर्जी भएको व्यक्तिले लगाउनु हुँदैन।

     

     

     

    साभार गोरखापत्र

    Post Views: 445
    प्रकाशित मिति: २०८१ माघ २०, आईतवार २१:०६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.