• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बालक अपहरण गर्ने तीनजना पक्राउ

  •  जनार्दन खत्री
  • २०८१ पुष २९, सोमबार २१:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सर्लाही, पुस २९ गते  /  सर्लाहीमा एक भारतीय बालकलाई अपहरण गरी बन्धक बनाएर राख्ने तीनजना पक्राउ परेका छन् ।

    सीमापारि भारतबाट अपरहणमा परेका १५ वर्षीय बालकलाई प्रहरीले सकुशल उद्धार गरी अपहरणमा संलग्न तीनजनालाई हतियारसहित नियन्त्रणमा लिएको हो । हतियारसहित पक्राउ पर्नेमा सर्लाहीको सीमावर्ती क्षेत्रस्थित ब्रह्मपुरी गाउँपालिका–४ बस्ने ६८ वर्षीय रामजी साह, सोही ठाउँका १९ वर्षीय बिक्रम पासवान र भारत बिहार राज्य जिल्ला सितामढी राजवाडा ग्रामपञ्चायत मुसहर्निया टोल बस्ने २७ वर्षीय प्रवचन साह रहेका छन् ।

    प्रहरीका अनुसार उनीहरु तीनजना मिलेर आइतबार दिउँसो १५ वर्षका भारतीय बालकलाई अपहरण गरी ६८ वर्षीय रामजी साहले घरमा ल्याएर राखेका थिए । बालकलाई अपहरण गरी नेपालतर्फ ल्याएको भनी भारतीय प्रहरीबाट खबर पाएपछि परिचालित भएको सर्लाही प्रहरीको टोलीले तीनैजनालाई हतियारसहित पक्राउ गर्न सफल भएको हो ।

    अपहरणकारीको साथबाट एक थान कटुवा पेस्तोल, पेस्तोलमा प्रयोग हुने दुई राउण्ड गोली, एक थान चक्कु र एक थान हथौडा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । यस्तै, प्रहरीले बालकलाई भारतदेखि अपहरण गरेर ल्याउन प्रयोग गरिएको बीआर ०६ बी टी २८५० नम्वरको भारतीय मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।

    पक्राउ परेका तीनै जनालाई सर्लाही जिल्ला अदालतबाट अपहरण तथा शरीरबन्धक र हातहतियार खरखजना मुद्दामा सात दिनको म्याद अनुमति लिई अनुसन्धान अघि बढाइएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । डीएसपी श्रेष्ठका अनुसार अपहरणमा परेका भारतीय बालकलाई उनीहरुको परिवार बोलाएर सकुशल जिम्मा लगाइएको छ ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानमा ६८ वर्षीय रामजी साह बालक अपहरण घटनाका मुख्य योजनाकार हुन् । प्रहरीले पिछा गर्दै गरेको थाहा पाएपछि मोटरसाइकल चढेर फरार हुन खोजेका तीनैजनालाई तत्काल नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मलङ्गवामा ल्याइएको श्रेष्ठले बताउनु भएको छ

     

     

     

    साभार गोरखापत्र

    Post Views: 225
    प्रकाशित मिति: २०८१ पुष २९, सोमबार २१:१८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.