बर्दिया, पुस २७ गते / नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व सिचाई मन्त्री संजय कुमार गौतमले पृथ्वी जयन्तीका दिन सरकारले सार्वजनिक विदा दिनु पर्ने बताउनु भएको छ । राष्ट्र निर्माता बडा महाराजधिराज पृथ्वी नारायण शाहको ३०३ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमासदरमुकाम गुलरियामा आयोजित कार्यक्रममा प्रमुख अतिथी गौतमले यस्तो बताउनु भयो ।


गुलरिया नगरपालिका वडा नम्बर ८ मा अवस्थित पृथ्वीपार्कमा रहेको शालिकमा मल्यार्पण पश्चात भएको शुमकामना मन्तब्यमा गौतमले आजको दिनलाई उत्सवको रुपमा मनाउनु पर्ने उल्लेख गर्दै सरकारले आजको दिन सार्वजनिक विदा समेत दिनु पर्ने सरकारलाई स्मरण गराउनु भएको छ । युग अनुसार इतिहासहरु परिवर्तन हुँदै जाने भएको हुँदा समृद्ध मुलुक निर्माणका लागी सवै पार्टीहरु एक हुन आवश्यक रहेको प्रष्ट पार्नु भयो ।
नेपाल सरकारले बजेट विनियोजन गरि पृथ्वी जयन्तीको दिनलाई हर्ष उल्लासको रुपमा मनाउनु पर्नेमा उहाँको जोड छ ।


एक अर्कालाई होच्याउने, खुइलाउने कार्य गरेर देश निर्माण हुन नसक्ने उहाँको तर्क थियो । शुभकामना मन्तब्य दिंदै नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष तथा युवा नेता गेहेन्द्र ढकालले पृथ्वी नारायण शाहले गरेको भौगोलिक एकिकरणका लागी सवै नेपालीले सम्मान व्यक्त गर्नुपर्ने बताउनु भयो । इतिहासलाई सवैले सम्मान गर्नुपर्ने भन्दै पृथ्वी नारायण शाहले एकिकरण पश्चातको विचारले देशलाई एकढिक्का बनाउन आजको आवश्यकता रहेको बताउनु भयो ।
पृथ्वी जयन्तीका अवसरमा जिल्ला समन्वय समिती बर्दियाका प्रमुख सुर्य बहादुर विष्ट, गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकार शाह लगायतले शुमकामना मन्तब्य राख्नु भएको थियो । ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितीका अध्यक्ष हेमन्त प्रकाश गीरीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनितीक दलका प्रमुख एवं प्रतिनिधी, जिल्ला सुरक्षा निकायका प्रतिनिधी, राष्ट्र राष्टियता, धर्म, संस्कृति तथा नागरिक बचाउँ अभियान नेपालका प्रमुख एवं प्रतिनिधी, नगारिक समाज, बुद्धिजिवी, समाजसेवी, संचारकर्मी तथा स्थानियहरु सहभागी थिए ।




