• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दिया जिल्ला अस्पताल गुलरियामा पेन–प्लस क्लिनिक सञ्चालन

  •  मुरली गोडिया
  • २०८१ पुष १८, बिहीबार २०:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, पुस १८ गते / बर्दिया जिल्ला अस्पताल गुलरियामा पेन–प्लस क्लिनिक सञ्चालनमा आएको छ । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र  काठमाडौं  इन्सिच्युट अफ चाइल्ड हेल्थ (किओच) सँगको सहकार्यमा उक्त क्लिनिक सञ्चालनमा ल्याइएको हो । मुटु, सुगर, प्रेसर, पाठेघरको मुखको क्यान्सर जस्ता नसर्ने रोगहरुका विरामीले सेवा पाउने भएका छन ।

    नेपालमा थुप्रै मानिसहरु नसर्ने रोगका कारण मृत्यु हुने गरेको विभिन्न तथ्यांकले देखाएको छ । पेन–प्लस कार्यक्रमले जटिल रोगहरुको उपचारका साथै र रोगबाट जोगिने उपायका बारेमा समेत नागरिकलाई सचेतना फैलाउन प्रभावकारी हुने मानिएको छ । तोकिएका गम्भीर नसर्ने रोगहरुको ओ.पि.डी. सेवा, नसर्ने रोगका बिरामीहरुलाई निःशुल्क इको तथा इ.सि.जी सेवा, नसर्ने रोगका विपन्न बिरामीहरुलाई निःशुल्क स्वास्थ्य बीमा र रोगको जटिलता अनुसार एम्बुलेन्स सेवा, माथिल्लो तहको स्वास्थ्य संस्थामा प्रेषण सेवा, लगायत सुविधा उपलब्ध हुने बर्दिया अस्पताल गुलरियाका प्रमुख डाक्टर सुभाष पाण्डेयले बताउनु भएको छ ।

    क्लिनिकबाट बर्दिया बासीले धेरै लाभ पाउने अपेक्षा गरिएको लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगरले बताउनु भयो । नयाँ स्टाफहरुको व्यवस्थापनमा ध्यान दिनुपर्ने चिकित्सको प्रोत्साहन हुने खालको रणनीति अपनाउने र भएको जनशक्ति परिचालन गरी सेवा दिनुपर्ने उहाँको भनाई छ । बर्दिया अस्पतालले गरेको कामको अरु प्रदेशले पनि अनुसरण गर्न सक्ने खालको काम गर्न सुझाव समेत दिनुभयो । अस्पतालको सैया बढाउनु भन्दा सेवाप्रवाहको गुणस्तरमा सुधार गर्न आवश्यक रहेको उहाले औंल्याउनु भयो ।

    बर्दिया जिल्लामा विभिन्न जातजाती समुदायको बासोबासका साथै थारु समुदायको बाहुल्य रहेकाले थारु समुदायमा देखिने सिकलसेल, थालेसेमिया लगायतका रोगहरुका विरामीको संख्या बढीरहेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनु भयो । त्यस्ता समुदाय स्तरमा गाँउ गाँउमै पुगी सचेतनाका कार्यक्रम गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाईछ । कतिपय विरामी अन्तिम समय नहुँदा सम्म अस्पताल नआउने प्रवृति भएकोले गाँउघरमै क्लिनिक संचालन गर्न सोच्न आवश्यक रहेको उहाँको जोड छ ।

    संघीय स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालय र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थको साझेदारीमा बर्दिया अस्पतालमा पेन प्लस प्रि–फ्याब भवन बाट सेवा सुरु गरिएको हो । प्रदेशले ब्लड बैंकको लागि ८१ लाख बराबरको सामग्री अस्पताललाई हस्तान्तरण गरेको बताईएको छ । थालेसेमियाका बिरामीहरुलाई निःशुल्क औषधी वितरण, निःशुल्क सिकलसेल जाँच सेवा, नसर्ने रोगका बिरामीहरुलाई परामर्शसेवा दिने जस्ता सुविधा हरु पेन–प्लस क्लिनिकमा उपलब्ध रहने अस्पतालले जनाइएको  छ ।

    Post Views: 540
    प्रकाशित मिति: २०८१ पुष १८, बिहीबार २०:००
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.