बर्दिया, मंसिर ९ गते / थारु कल्याणकारिणी सभा (थाकस) बर्दियाको आयोजनामा २३ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा स्वागत गरिएको छ । थाकस बर्दिया जिल्लाको आयोजनामा भएको बधाई तथा स्वागत कार्यक्रममा सभाका नव निर्वाचित महाँमन्त्री तथा केन्द्रिय सदस्यहरुलाई खादामाला ओढाएर सम्मान गरिएको छ ।

नव निर्वाचित पदाधिकारीहरुले आफ्नो कार्यकालमा थारु समुदायको उत्थान, हक अधिकारको संरक्षण तथा सामाजिक–आर्थिक विकासका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् । भैरहवामा भएको २३ औं महाधिवेशनबाट बर्दियामा महा मन्त्रीसहित ३ जना केन्द्रिय सदस्य सर्वसम्मत निर्वाचित भएका थिए । महामन्त्री मिनराज थारु, केन्द्रिय सदस्यमा दुर्गाबहादुर थारु (कविर), रतनलाल थारु र सुमित्रा चौधरी रहनु भएको छ ।
स्वागत समारोहलाई सम्बोधन गर्दै महामन्त्री मिनराज थारुले थाकसको २३ औँ महाधिवेसनबाट यथास्थिती अन्त्यगर्दै थारु कल्याणकारिणी सभाको सुधार गर्नुपर्ने सोचले आफू सभापतिको उम्मेद्वारको रुपमा रहेको बताउँदै अधिवेशन पेचिलो भएको धारणा राख्नुभएको थियो ।
उहाँले समुदायलाई समृद्ध बनाउन सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनु भयो । थाकस बर्दियाका सभापति विर बहादुर थारुको अध्यक्षतामा भएको बधाई तथा स्वागत कार्यक्रमको संचालन थासक जिल्ला सदस्य राज थारुले संचालन गर्नु भएको थियो । कार्यक्रममा थारु कल्याणकारिणी सभा जिल्ला, स्थानिय तहका सभापति लगाएत अन्य पदाधिकारीहरुको सहभागिता थियो ।
चुरेकुन्ज साभार




