बाँके, मंसिर १ गते / नेपालगञ्जमा ६५ करोडको लागतमा स्टार पोलीपाइप इन्डष्ट्रिज प्रालिको उद्घाटन गरिएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगको उद्घाटन गरे ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको स्टार पोलीपाइप इन्डष्ट्रिज प्रालिको आज उद्घाटन गर्दै मन्त्री भण्डारीले निर्यातमुखी उद्योग तथा कलकारखानालाई सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले स्टार पोलिपाइपले लुम्विनी प्रदेशमा मात्रै नभएर नेपालभर तथा भारतसम्म पनि उत्पादित सामग्रीको बजारीकरण गर्न सक्ने बिश्वास ब्यक्त गरे ।
प्रालिका अध्यक्ष कमल कार्कीले करिब ६५ करोडको लागतमा एचडिपिई, सिपिभिसी, युपिभिसी, बोरवेल तथा गार्डेन पाइप तथा फिटिङको उत्पादन गर्दै आइरहेको जानकारी दिए । कार्कीले बजारमा आर्थिक मन्दी भए पनि स्टार पोलीपाइपबाट अत्याधुनिक उपकरणबाट गुणस्तरीय सामग्रीको उत्पादन गरिरहेको बताए ।
कम्पनीले जापान तथा दक्षिण कोरियामा उत्पादित उत्कृष्ट कच्चा पदार्थबाट सिपिसिभी, युपिभिसी पाइप तथा फिटिङका सामग्रीहरु उत्पादन गर्दै आइरहेको कम्पनीका बिक्री प्रमुख दिनेशराज विष्टले जानकारी दिए ।




