• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बंगलादेश बिजुली निर्यात हुनु ऐतिहासिक कोशेढुंगा : परराष्ट्रमन्त्री राणा

  •  माउण्टेन संवाददाता
  • २०८१ कार्तिक ३०, शुक्रबार १९:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, कार्तिक ३० गते / परराष्ट्रमन्त्री आरजु राणा देउवाले बंगलादेशलाई बिजुली निर्यात हुनु ऐतिहासिक कोशेढुंगा भएको बताएकी छिन् । परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जालमा पोस्ट गर्दै नेपालको विद्युत् व्यापारको इतिहासमा भारतपछिको अर्को देश विद्युत् निर्यात गरिएको यो नै पहिलो पटक भएको समेत बताएकी छिन् ।

    परराष्ट्रमन्त्री राणाले भनेकी छिन्, ‘आजदेखि नेपालबाट बंगलादेश विद्युत निर्यातको औपचारिक सुरूआत भएकोमा खुसी लागेको छ । नेपालको विद्युत् व्यापारको इतिहासमा भारतपछिको अर्को देश विद्युत निर्यात गरिएको यो नै पहिलो पटक हो । यसलाई क्षेत्रीय विद्युत् व्यापारको एक ऐतिहासिक कोशेढुंगा मान्न सकिन्छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालको बिजुली बंगलादेश निर्यात गर्न अनुमति दिएपछि शुक्रबारबाट विद्युत् निर्यातको कार्य सुरू भएको हो ।’

    गत अगस्टमा आफ्नो भारत भ्रमणका क्रममा भारतले थप २५१ मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरी नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिदको पूर्वसम्झौताको औपचारिक सुरूआतको घोषणा गरेको पनि परराष्ट्रमन्त्री राणाले बताएकी छिन् ।

    ब‌ंगलादेशलाई बिजुली निर्यातका लागि सहजीकरण गरेकोमा भारतलाई धन्यवाद दिँदै उनले लेखेकी छिन्, ‘बंगलादेशमा विद्युत् निर्यातका लागि सहजीकरण गर्ने भारत सरकार र विद्युत् आयात गर्ने बंगलादेश सरकारलाई विशेष धन्यवाद छ। नेपालको विद्युत् उत्पादन र बजारको सम्भावनाको थप विस्तारका लागि हाम्रा कूटनीतिक प्रयास र पहलहरू जारी नै रहेकाले आगामी दिनमा पनि यसैगरी सबैको सहयोग एवं समन्वयको अपेक्षा गर्दछौँ ।’

    नेपालबाट ४० मेगावाट विद्युत् भारतीय प्रसारण ग्रिड प्रयोग गरी बंगलादेश लैजानका लागि नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन), बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बीपीडीबी)बीच गत असोज १७ गते त्रिपक्षीय विद्युत् बिक्री सम्झौता भएको थियो

    नेपालबाट भारत हुँदै बंगलादेशतर्फ विद्युत् निर्यात शुक्रबार मध्याह्न साढे १२ बजेबाट सुरु भएको हो । यस वर्ष (सन् २०२४)को वर्षायाममा विद्युत् निर्यात शुत्रबार राति १२ बजेसम्म मात्र हुनेछ । त्यसपछि आगामी वर्ष सन् २०२५को जुन १५बाट बंगलादेशतर्फ पुनः विद्युत् निर्यात सुरु हुनेछ ।

     

     

     

     

    साभार / कान्तिपुर

    Post Views: 201
    प्रकाशित मिति: २०८१ कार्तिक ३०, शुक्रबार १९:२३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.