• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

धनराज गुरुङमाथि सहकारी प्रकरणमा छानबिन हुन्छ- गगन थापा

  •  
  • २०८१ भाद्र २६, बुधबार ०८:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी उपसभापति धनराज गुरुङको नाम सहकारीमा जोडिएको भन्दै निष्पक्ष छानबिन हुने बताएका छन् । उनले कांग्रेस पार्टीका विधान, परम्परा, निर्णयहरुले कुनै पनि प्रकरणमा कानून उल्लङ्घन गरेको भए उसले उन्मुक्ति पाउन नहुने बताए । उनले शक्तिशाली, सत्तासीन, नाता पर्ने जो कोही भए पनि आरोप प्रमाणित भए दण्ड व्यहोर्नुपर्ने बताए ।

    उनले संसद्मा नै उपसभापति गुरुङले सो बारेमा आफूमाथि छानबिन गर्न आग्रह गरेको भन्दै संसदीय समिति बनाएर छानबिन गर्न झनै सहज भएको बताए । उनले नाम जोडिएपछि छानबिनको दायरामा आउने बताए ।

    उनले भने, ‘नेपाली कांग्रेस पार्टीका विधान, परम्परा, हाम्रा निर्णयहरुले त्यो कुरा स्पष्ट पारेको छ र त्यही स्पष्ट पारेको कुरालाई पटक पटक हामीले दोहोर्‍याएका छौँ भने कुनै पनि प्रकरणमा, विषयमा, काममा यदि कसैले कानून मिच्दछ, कानून उल्लङ्घन गर्छ, दण्डनीय काम गर्दछ भने दोषी छ भने दोषीले उन्मुक्ति पाउनु हुँदैन । चाहे त्यो शक्तिशाली, सत्तासीन, नाता पर्ने होस्, चाहे जोसुकै होस् ।

    निर्दोषले दण्ड पाउनु हुँदैन । यो पार्टीको हाम्रो बटम लाइन हो । यसमा टेकेर म लगायतले पटक पटक भन्दै आएका छौँ, चाहे त्यो नेता होस्, नाता पर्ने होस्, हाम्रो होस्, अर्काको होस् । दायाँ, बायाँको होस् । कुनै पनि कानून उल्लङ्घन गर्ने काम गरेको छ भने सर्वसाधारणले जुन विषय उल्लङ्घन गर्दा दण्ड पाउँछ, शक्तिशालीले पनि त्यो विषय उल्लङ्घन गर्दा दण्ड पाउनुपर्छ ।

    यो विषयमा तपाईँहरूले बोल्नुभयो की भएन, मौन हुनुहुन्छ की हुँदैन ? भन्ने कुरा यो सोधिराख्नै पर्दैन । यो मेरो हकमा पनि र अरूको पनि त्यही हो । यसभित्र जसको नाम आउँछ, त्यो छानबिनको दायरामा आउँछ, आउनुपर्छ । जहाँसम्म नेपाली कांग्रेसका उपसभापतिको नाम सहकारीका विषयमा जोडिएर आयो, उहाँ आफैँले यो प्रसङ्गमा आज संसद्को बैठकबाट ममाथि प्रश्न उठेकाले अनुसन्धान होस् भन्नुभएको छ ।’

    महामन्त्री थापाले पार्टीको विधानले नै अपराध गरेको भए दण्ड व्यहोर्नुपर्ने भनेकाले कांग्रेसका उपसभापतिको नाम सहकारीका विषयमा जोडिएर आएको बारेमा किन मौन बसेको भन्ने प्रश्न नै नहुने बताए ।

    Post Views: 166
    प्रकाशित मिति: २०८१ भाद्र २६, बुधबार ०८:३५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.