• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सोलार बत्ती खरिदमा भ्रष्टाचार: तिरहुतका प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध मुद्दा

  •  
  • २०८१ भाद्र २३, आईतवार २१:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    सप्तरीको तिरहुत गाउँपालिकामा सोलार बत्ती खरिद र जडानमा भएको भ्रष्टाचारको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

    तिरहुत गाउँपालिकाका-१ देखि ५ सम्म सोलार बत्ती जडान गर्ने योजनामा नापी किताब अनुसार काम नगरी, वास्तविक भन्दा बढी भुक्तानी गरिएको उजुरीका आधारमा अनुसन्धानपछि अख्तियारले प्रमुख प्रशासकीय अधिकृत राम नारायण साहसहित ९ जनालाई दोषी ठहर गरेको हो।

    अख्तियारको अनुसन्धानमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत साह, इन्जिनियर उग्रानन्द पाठक र सब-इन्जिनियर जागेश्वर मण्डलले आर्थिक वर्ष २०७४/०७५ मा सोलार बत्ती खरिद र जडानको काम सम्झौता अनुसार नगरेको पाइएको छ।

    कम काम गरी बढी काम देखाई, प्राविधिक मूल्यांकनसहित नापी किताब तयार गरी ६ लाख ४५ हजार ६६५ रुपैयाँ बढी भुक्तानी दिइएको तथ्य उजागर भएको हो।

    तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्ष तीर्थमाया खत्वे, अनुगमन समितिका सदस्य दुर्गानन्द यादव र विरेन्द्र कुमार यादवले पनि योजनाको अनुगमनमा बदनियतपूर्वक बढी काम भएको देखाई प्रतिवेदन पेश गरेका थिए। जसका आधारमा थप भुक्तानी भएको थियो।

    उपभोक्ता समितिका अध्यक्ष रबेन्द्र कुमार यादव, सचिव धिरेन्द्र यादव र कोषाध्यक्ष रेणु कुमारी यादवले नापी किताब, प्रतिवेदन, बिल भरपाई, डोरहाजिरी लगायतका कागजातहरू निर्माण गरी अनियमित भुक्तानीको आधार तयार गरेको पाइएको छ।

    विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार दोषीहरूमाथि कैद र जरिवाना सजायको माग गरिएको छ।

     

     

    मिथिलेश यादव/नागरिक/साभार

    Post Views: 205
    प्रकाशित मिति: २०८१ भाद्र २३, आईतवार २१:३०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.