• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

महिलाको नेतृत्वमा बहुउद्देश्यीय भवन निर्माण

  •  साधन घर्ती
  • २०८१ भाद्र २२, शनिबार १२:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    म्याग्दी, भदौ २२ गते / म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, स्थित दग्नाममा आमाहरूको नेतृत्वमा आमा समूहको भव्य बहुउद्देश्यीय भवन गरिएको छ । नाङ्गीदेवी आमा समूहमा आबद्ध महिलाहरू आफैँ निर्माण उपभोक्ता समितिको नेतृत्व गर्दै समूहको लागि शौचालय र सभाहलसहितको दुई तले भवन निर्माण गर्न सफल भएका छन् ।

    करिब एक करोड १० लाख रुपियाँभन्दा बढी लागतमा निर्माण भएको उक्त भवनको शुक्रबार प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो ।

    विभिन्न कठिनाइ र आर्थिक अभावको सामना गरेर भवन निर्माण गर्न सफल भएकोमा शुक्रबार उद्घाटन कार्यक्रममा महिलाहरू निकै हर्षित र भावुक देखिएका थिए ।

    आर्थिक वर्ष २०७७ देखि भवन निर्माणको काम सुरु भएको थियो । ‘‘भवन निर्माणको क्रममा आर्थिक अभाव लगायत गाउँमा विभिन्न कठिनाइको सामाना गर्नुपर्‍यो । जेहोस् भवन निर्माण गर्न सफल भएकोमा हामी निकै खुसी भएका छौँ । अब विभिन्न सामाजिक कर्म र कार्यक्रमहरू सञ्चालन गर्न सहज हुनेछ ।,’’ आमा समूह अध्यक्ष मीनकुमारी गर्बुजाले भन्नुभयो ।

    भवन निर्माण उपभोक्ता समिति अध्यक्ष दुर्गा गर्बुजाका अनुसार सांसद गर्बुजाको पहलमा गण्डकी प्रदेश सरकारबाट २० लाख, गाउँपालिकाबाट १० लाख, वडा कार्यालयबाट ३५ लाख, गण्डकी प्रदेश सरकारबाट करिब ७५ हजार रुपियाँ मूल्य बराबरको फर्निचरका सामग्री, विभिन्न व्यक्तिगत सहयोग र सामाजिक कार्यहरूबाट पाँच लाख १५ हजार, रघुगङ्गा हाइड्रोले पाँच लाखलगायत विभिन्न कम्पनी र संस्थाहरूले आर्थिक सहयोग गरेको उपभोक्ता समिति अध्यक्ष गर्बुजाले बताउनुभयो ।

    भवन बनाउन आमा समूहमा आबद्ध महिलाहरूले महिनौँ श्रमदान गर्नुभएको थियो । थियो भने गाउँलेहरूले पनि साथ दिएका थिए ।

    भवन बनाउन आवश्यक एक रोपनी जग्गा स्थानीय दुर्गाबहादुर पुनको परिवारले न्यून मूल्य ५० हजार रुपियाँ आमा समूहलाई उपलब्ध गराउनुभएको थियो । भवनसम्म पुग्न पहुँचमार्ग निर्माण गरिएको छ । आमा समूह अध्यक्ष मीनकुमारीले भवन निर्माणको सुरुवाती चरणदेखि सहयोग गर्ने सांसद गर्बुजासहित सबैलाई सम्मान र धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भवन निर्माण गर्दा दुई लाख ८० हजार रुपियाँ समूहलाई ऋण लागेको र भवन परिसरमा थप अन्य पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले सहयोगको अपिल गर्नुभयो । जिल्लामा गठन भएका आमा समूहहरू अचेल स्थानीयस्तरमा सञ्चालन हुने सामाजिक र विकासका गतिविधिका लागि मानवीय, भौतिक र आर्थिक स्रोत बन्न थालेका छन् ।

    सांसद गर्बुजाले आमा समूहको नेतृत्वमा भव्य भवन निर्माण हुनु उदाहरणीय र प्रशंसनीय काम भएको बताउनुभयो । हरेक परिवर्तनमा महिलाहरूको महत्त्वपूर्ण भूमिका रहँदै आएको उहाँको भनाइ छ ।

    ‘‘दुर्गम गाउँमा दिदिबहिनीहरुको अगुवाइ र नेतृत्वमा यति ठुलो भवन निर्माण हुनु भनेको महिलाहरूले अवसर पाए उदाहरणीय काम गर्न सक्षम छन् भन्ने यसले पनि प्रमाणित गरेको छ ।,’’ सांसद गर्बुजाले भन्नुभयो ,‘‘आमा समूहहरूलाई आगामी दिनमा पनि आवश्यक सहयोग गर्नेछु ।’’ उहाँले जिल्लामा खानेपानी, सडक लगायत विकास निर्माणको कामले गति लिन थालेको बताउनुभयो ।

    गण्डकी प्रदेश सभा सदस्य सांसद हरि भण्डारी, गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुनले आमा समूहको काम प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा पनि गाउँपालिका र प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । निवर्तमान गाउँपालिका उपाध्यक्ष कमला तिलिजा, वडा नम्बर ५ का वडा अध्यक्ष मनबहादुर शेरपुञ्जा, वडा नम्बर ४ का वडा अध्यक्ष पविन गर्बुजा लगायतले महिलाको नेतृत्वमा उदाहरणीय काम भएको बताउनुभयो । उद्घाटन कार्यक्रममा न्यून मूल्यमा जग्गा उपलब्ध गराउने जग्गादाता र आर्थिक सहयोगीदाताहरूलाई सम्मान गरिएको थियो ।

     

     

    गोरखापत्र/साभार

    Post Views: 168
    प्रकाशित मिति: २०८१ भाद्र २२, शनिबार १२:२८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.