बर्दिया, भाद्र ९ गते / नेपाल शिक्षक संघ बर्दियाले जिल्लाका विभिन्न पालिकाका विभिन्न विद्यालयहरुमा अध्यापन गराउने शिक्षक तथा कर्मचारीहरुलाई लेखा सम्बन्धी अभिमुखीकरण गरेको छ । नेपाल शिक्षक संघ बर्दियाको श्रावण १२ गते संघको बैठकले शिक्षकहरुको पेशागत विकासका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरे बमोजिम अभिमुखीकरण कार्यक्रम संचालन गरेको नेपाल शिक्षक संघ बर्दियाका अध्यक्ष माधवराज ढकालले बताए ।

पहिलो कार्यक्रम अन्तर्गत भाद्र १ गते राजापुर नगरपालिका र गेरुवा गाउँपालिका अन्तर्गतका सम्पूर्ण आधारभुत र माध्यमिक विद्यालयका प्रधानाध्यापक, लेखा सम्बन्धी कामकाज गर्ने शिक्षक हरुलाई एकदिने लेखा सम्बन्धी अभिमुखीकरण गरिएको समेत अध्यक्ष ढकालले जानकारी दिए ।
दोस्रो चरणको कार्यक्रम अन्तर्गत भाद्र ८ गते मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिका अन्तर्गतका विद्यालयहरुमा उत्साहजनक उपस्थिती र सहभागीतामा कार्यक्रम सम्पन्न भएको उनले भने । अध्यक्ष ढकालले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नु भएको थियो भने कार्यक्रममा प्रशिक्षार्थी शिक्षकहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
शिक्षकहरुको शुद्ध पेशागत क्षमता विकास कार्यक्रमका लागि नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नयाँगाउँ र नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय ढोढरीले सभाहल र आवस्यक प्रशिक्षण सामाग्री उपलब्ध गराएको थियो । प्रशिक्षण अभियान निरन्तर जारी रहने भएकोले अन्य विद्यालयहरुमा क्रमशः गरिदै लगिने साथै सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले संघले गर्ने कार्यक्रमहरुमा उत्साहजनक तरिकाले सहयोग गरी हौसला दिन अध्यक्ष ढकालले जानकारी दिए ।
बर्दिया, भाद्र ९ गते / नेपाल शिक्षक संघ बर्दियाले जिल्लाका विभिन्न पालिकाका विभिन्न विद्यालयहरुमा अध्यापन गराउने शिक्षक तथा कर्मचारीहरुलाई लेखा सम्बन्धी अभिमुखीकरण गरेको छ । नेपाल शिक्षक संघ बर्दियाको श्रावण १२ गते संघको बैठकले शिक्षकहरुको पेशागत विकासका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरे बमोजिम अभिमुखीकरण कार्यक्रम संचालन गरेको नेपाल शिक्षक संघ बर्दियाका अध्यक्ष माधवराज ढकालले बताए ।
पहिलो कार्यक्रम अन्तर्गत भाद्र १ गते राजापुर नगरपालिका र गेरुवा गाउँपालिका अन्तर्गतका सम्पूर्ण आधारभुत र माध्यमिक विद्यालयका प्रधानाध्यापक, लेखा सम्बन्धी कामकाज गर्ने शिक्षक हरुलाई एकदिने लेखा सम्बन्धी अभिमुखीकरण गरिएको समेत अध्यक्ष ढकालले जानकारी दिए ।
दोस्रो चरणको कार्यक्रम अन्तर्गत भाद्र ८ गते मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिका अन्तर्गतका विद्यालयहरुमा उत्साहजनक उपस्थिती र सहभागीतामा कार्यक्रम सम्पन्न उनले भने । अध्यक्ष ढकालले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नु भएको थियो भने कार्यक्रममा प्रशिक्षार्थी शिक्षकहरुको उल्लेख्य सहभागीता रहेको थियो ।