• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

१५ असारमा देउवा बालकोटमा, भेटवार्ता अर्थपूर्ण

  •  माउण्टेन संवाददाता
  • २०८१ असार १६, आईतवार ०८:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच राष्ट्रिय मुद्दामा सहकार्यबारे छलफल भएको छ । शनिबार दिउँसो सभापति देउवाले ओलीनिवास बालकोटमा पुगेर ओलीसँग तीन घण्टा छलफल गरेका छन् ।

    सरकारका कामकारबाहीलाई लिएर एमाले अध्यक्ष ओलीको समेत असन्तुष्टि आएका वेला उनी र विपक्षी दलका नेता देउवाबीचको भेटवार्ता अर्थपूर्ण छ । स्रोतका अनुसार भेटमा सत्ता सहकार्यको सम्भावनालगायत विषयमा दुई नेताबीच करिब तीन घण्टा छलफल भएका थियो । ‘सभापतिज्यूले घरमै गएर ओलीजीलाई भेटेपछि किन भेट्छन् भन्ने यसै अनुमानको विषय हो,’ स्रोतले भन्यो ।

    एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेताद्वयबीच भेट भएको पुष्टि गरे । उनले भेटको विषयवस्तुबारे अनभिज्ञता जनाए । ‘उहाँहरूबीच भेट भएको हो । छलफलका विषयमा भने जानकारी पाउन सकेको छैन,’ उनले नयाँ पत्रिकासँग भने । अर्का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सामान्य राजनीतिक भेट मात्र भएको जिकिर गरे । ‘नेताहरूबीच भेट्नै नहुने भन्ने हुँदैन । हरेक भेटलाई शंकाका रूपमा हेरिनुहुँदैन । उहाँहरूबीचको भेट राजनीतिक हिसाबले सामान्य हो,’ उनले नयाँ पत्रिकासँग भने । बालकोटनिकट स्रोतका अनुसार भेटमा अध्यक्ष ओलीले सरकारको कामकाबाहीको विषयमा असन्तुष्टि व्यक्त गरेका थिए ।

    दिउँसो २ बजे बालकोट पुगेका देउवा र ओलीबीच साँझ ५ बजेसम्म छलफल भएको थियो । देउवाले राष्ट्रिय महत्वका विषयमा छलफलका लागि दोस्रो तहका नेतालाई अगाडि बढाउने गरेका छन् । बिरलै नेताहरूको घर पुग्ने देउवा बालकोट पुगेर अध्यक्ष ओलीसँग भेट गर्नुलाई राष्ट्रिय राजनीतिमा महत्वका रूपमा हेरिएको छ ।

    सभापति देउवाले पछिल्लो समय पनि एमालेसँग सत्ता सहकार्यको सम्भावनाका विषयमा दोस्रो तहका नेताहरूमार्फत संवाद गरिरहेको स्रोतको दाबी छ । पछिल्लो समय उपसभापति पूर्णबहादुर खड्का र सचेतक रमेश लेखकलगायतलाई लागि अघि सारेका छन् ।

    देउवाको साथमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी पत्नी आरजु राणा देउवासमेत थिइन् । पछिल्लो समय बजेटमा असन्तुष्ट देखिएको सत्तागठबन्धनको पहिलो दल एमाले र कांग्रेस सभापतिको भेटले राष्ट्रिय राजनीति तरंगित बनाएको छ । कांग्रेस प्रमुख सचेतक लेखकले नेताद्वयको भेटलाई पुष्टि गरे । उनले भेटमा राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषयमा छलफल भएको बताए । ‘सभापतिज्यू र एमाले अध्यक्षबीच भेट भएको हो । राजनीतिक दलका नेताहरूबीच राष्ट्रिय महत्वका विषयमा छलफल र भेटघाट हुनु सामान्य विषय हो । उहाँहरूबीच समसामयिक विषयमा कुराकानी भयो । एमाले र कांग्रेस राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषयमा मिलेर जानेबारे महत्वपूर्ण छलफल रह्यो,’ लेखकले भने ।

    कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अध्यक्ष ओलीले टिआरसी विधेयकलगायत विषयमा छलफलका लागि बालकोट बोलाएपछि सभापति देउवा बालकोट पुगेको बताए । ‘भेटमा, टिआरसी विधेयक, सरकारको कार्यशैलीलगायत विषयमा छलफल भएको हो । नेताद्वय ‘वान अन अन’ छलफलमा हुनुहुन्थ्यो । छोटो समयका लागि भनिएको भेट लम्बियो । त्यसबाहेक महत्वपूर्ण विषयमा पनि छलफल भएको अनुमान भने गर्न सकिन्छ,’ उनले नयाँ पत्रिकासँग भने ।

    नेता एनपी साउदले भेट रणनीतिक भएको संकेत गरे । ‘उहाँहरूबीच सांस्कृतिक सम्बन्ध राम्रो छ । असार १५ दहीचिउरा खाने दिन नेताद्वयबीचको भेट हुनुलाई सकारात्मक रूपमा लिनुपर्छ,’ साउदले भने । सत्तासमीकरण फेरबदलपछि प्रतिपक्षमा पुगेपछि सक्रियता नदेखाएका देउवाले पछिल्लो समय राजनीतिक सक्रियता बढाएका छन् । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिआरसी विधेयक टुंग्याउने विषयमा छलफल गरेका थिए । यसका लागि कांग्रेस र एमाले सकारात्मक रूपमा प्रस्तुत भएका थिए । ०७९ को निर्वाचनलगत्तै कांग्रेस एमाले सहकार्यको विषय अघि बढे पनि प्रचण्ड प्रधानमन्त्री बनेसँगै सत्ता सहकार्यका विषयमा दुई दल टाढिएका थिए । टिआरसी विधेयकका विषयमा छलफल सुरु भएसँगै कांग्रेस–एमाले निकटता बढेको नेताहरूको दाबी छ ।

    पृथ्वीसुब्बा गुरुङ उपमहासचिव, एमाले : नेताहरूबीच भेट्नै नहुने भन्ने हुँदैन । हरेक भेटलाई शंकाका रूपमा हेरिनुहुँदैन । उहाँहरूबीचको भेट राजनीतिक हिसाबले सामान्य हो ।

    रमेश लेखक प्रमुख सचेतक, कांग्रेस : सभापतिज्यू र एमाले अध्यक्षबीच भेट भएको हो । राजनीतिक दलका नेताहरूबीच राष्ट्रिय महत्वका विषयमा छलफल र भेटघाट हुनु सामान्य विषय हो । उहाँहरूबीच समसामयिक विषयमा कुराकानी भयो ।

     

     

    नया पत्रिका/केशवप्रसाद पाण्डे/साभार

    Post Views: 218
    प्रकाशित मिति: २०८१ असार १६, आईतवार ०८:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.