गुलरिया, असार ११ गते / सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र परिवर्तन समुहको आयोजनामा सुईद्वारा लागु औषध प्रयोगकर्ताहरुका लागि विस्तृत एच आई भी एड्स कार्यक्रम अन्तर्गत प्रहरी कर्मचारी र प्रमुख सामुदायिक सरोकारवालाहरु संग अभिमुखीकरण कार्यक्रम वर्दियाको गुलियामा मंगलवार सम्पन्न भएको छ।


कार्यक्रममा मुख्तः सुईद्वारा लागू औषध प्रयोगकर्ताहरु मा हुने एच. आई .भी.रोगको रोकथामका लागि संस्थाका कर्मचारीहरु फिल्ड मै गएर परामर्श दिने गरिएको बताइएको छ। यसरी कुलत मा फसेका व्यक्तिहरुले समय र नियमित औषधिको व्यवस्थापन गर्न सके लागु औषधबाट सहजै छुटकारा पाउन सकिने संस्थाका कार्यक्रम अधिकृत कृष्ण बहादुर शाही को भनाई रहेको छ।
चेन्ज टिम (परिवर्तन समूह )ले संस्था दर्ता ऐन २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालय बाँकेमा २०६३ मंसिर २५गते दर्ता भइ बाँकेवाट आफ्नो कार्यम सुरु गरेको र वि सं २०७४ देखी बर्दियामा लागू औषध तथा यसको उपचार पुनर्स्थापना को लागि काम गर्दै आइरहेको शाहीले बताउनु भयो ।
कार्यक्रममा लागुऔषध वारे जानकारी दिदै यसको प्रयोग र दुरुपयोग बारे संस्थाका फिल्ड स्टाफ प्रशन्न ज्ञवाली ले कुलतमा रहेका व्यक्तिहरुलाई समाज तथा पारिवारबाट राम्रो ब्यवहार पाए उपचारबाट यो रोग निको हुने बताउनु भयो । लाघुऔषध को प्रयोगले सम्पत्तीको नोक्शानी त हुन्छ तयसमा झनै डरलाग्दो रोग समेत लाग्ने गरेको ज्ञवालीले बताउनु भयो ।
पछिल्लो अवस्थामा लागुऔषद प्रयोगकर्ता हरुको संख्यामा वृद्धि भएको छ। खुला सिमानाका कारण सजिलै युवावर्ग भारततर्फ गई लागु औषध सेवन गर्ने गरेको बताइन्छ । प्रहरी प्रशासनबाट कडा रुपमा चेक जाच तथा निगरानी गरेतापनी कुनै न कुनै बहानामा प्रयोगकर्ता हरुले सेवन गर्ने गरेको वर्दिया अस्पतालका ए आर टी काउन्सलर शोभा खड्काले बताउनु भयो ।
लागु औषध को प्रयोगले व्यक्तिको शारिरिक, मानसिक , सामाजिक .आर्थिक असर का साथै कानुनी झमेलामा पर्ने हुदा सबै जना सजक हुनु पर्ने देखिन्छ । समाजमा दिनहुुँ बढदै गइरहेको लागू पदार्थको बढदो प्रयोग तथा यसको असरले कैयौं युवाहरुले अकालमा ज्यान गुमाउनुका साथै कुलतमा परेकाहरु विभिन्न रोगको सिकार हुने गरेको सहभागीले जनाए ।
मंगलवार सम्पन्न भएको अभिमुखिकरण कार्यक्रममा, जिल्ला प्रहरी कार्यालय वर्दियाका प्रतिनिधी , वर्दिया अस्पताल का प्रतिनिध ,स्वास्थ्य कार्यालय का प्रतिनिधी , लगायत लागु औषध तथा एच आई भि सम्बन्धि काम गर्ने प्रतीनिधीका साथै सरोकारवाला हरुको उपस्तिथी रहेको थियो ।




