बर्दिया, असार ४ गते(माउन्टेनसमाचार) / नेपाल रेडक्रस सोसाइटी बर्दिया जिल्ला शाखाको आयोजनामा जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी एवंम साईबर अपराध विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

ईटालियन रेडक्रसको सहयोग र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वयमा असार ४ गते मङ्गलबार गुलरियामा आयोजित कार्यक्रम बर्दियाका स्थानीय तह अन्तर्गत रहेका रेडक्रसका ११ उपशाखा अन्तगर्त पर्ने ११ वटा विधालय बाट प्रति विधालय जुनियर र युवा रेडक्रस सर्कल बाट १ जना छात्र, १ छात्रा र १ जना शिक्षक नायकको गरि ३३ जना र रेडक्रस बर्दियाका स्वयमसेवक,कर्मचारी गरि ४५ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा रेडक्रस अभियानका बारेमा कृष्ण प्रसाद गौतमले सहभागीलाई जानकारी गराउनुका साथै
साईबर अपराधका बारेमा जिल्ला प्रहरी कार्यलय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सि राज अर्याल, जुनियर तथा युवा रेडक्रसको निर्देशिका बारे नेरेसो केन्द्रीय अधिकृत लक्छिमा भट्टराई र युवा उत्प्रेरणा सम्बन्धीतको सहजिकरण नेरेसो केन्द्रित उपनिर्देशक लिला खनालले गर्नु भएको नेपाल रेडक्रस सोसाइटी बर्दियाका बिबश कुँवरले बताए ।
कार्यक्रममा रेडक्रसको स्थापना, संरचना, साईबर अपराधका बाट बच्ने उपाय, जुनियर तथा युवा रेडक्रस सर्कलको काम कर्तव्य अधिकार, युवा उत्प्रेरणा जस्ता विषयमा सहभागीलाई जानकारी गराइएको थियो ।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी लुम्बिनि प्रदेश शाखाको महासचिव नवराज ढुङ्गाना, नेरेसो केन्द्रीय जुनियर तथा युवा समितिका सदस्य एवं दैलेख शाखाका सभापति निर्जन कुमार खत्री प्रहरी नायव उपरिक्षक तुल्सि राज अर्याल,नेपाल रेडक्रस सोसाइटी बर्दिया जिल्ला शाखाका मन्त्री गोविन्द प्रसाद शर्मा, सदस्य एवम जुनियर तथा युवा समितिका संयोजक खगेन्द्र प्रसाद खनाल लगाएतको उपस्थिती रहेको थियो ।




