• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कोलकातासामु निरीह बन्यो लखनउ

  •  माउण्टेन संवाददाता
  • २०८१ बैशाख २४, सोमबार ०७:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    लखनउ, बैशाख २४ गते / इन्डियन प्रिमियर लिग (आईपीएल) को ५४ औँ खेलमा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्समाथि शानदार जित हासिल गरेको छ । आइतबार राति भएको खेलमा लखनउलाई ९८ रनले हराउँदै कोलकाता अङ्क तालिकामा शीर्ष स्थानमा उक्लन सफल भएको हो ।

    कोलकाताले प्रस्तुत गरेको २ सय ३६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा लखनउ १६.१ ओभरमा १ सय ३७ रनमा अलआउट हुन पुग्यो । टोलीका लागि मार्कस स्टोइनिसले सर्वाधिक ३६ रनको योगदान दिए । त्यस्तै, कप्तान केएल राहुलले २५ रन तथा एस्टन टर्नरले १६ रन तथा आयुश बदोनीले १५ रन र निकोलस पुरनले १० रन बनाए ।

    अन्य ब्याटरले दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् । लखनउलाई सस्तोमा समेट्न हर्षित राना र वरुण चक्रवर्तीले ३–३ विकेट लिए भने आन्द्रे रसले २ तथा सुनिल नरेन र मिचेल स्टार्कले १–१ विकेट हात पारे ।

    यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ३५ रन बनाएको थियो । कोलकाताका लागि प्लेयर अफ द म्याच घोषित सुनिल नरेनले ३९ बलमा ८१ रनको विस्फोटक इनिङ्स खेले । उनले यस क्रममा ६ चौका र ७ छक्का हिर्काए । उनलाई अंगकृष रघुवंशी र फिल साल्टले ३२–३२ रन बनाउँदै राम्रो साथ दिए ।

    खेलको अन्त्यतिर कप्तान श्रेयर ऐयरले २३ रन र रमनदीप सिंहले २५ रन प्रहार गरे । लखनउका लागि नविन उल–हकले ३ तथा यश ठाकुर, रवि विश्नोई र युधवीर सिंहले १–१ विकेट लिए ।

    जितपछि ११ खेलबाट कोलकाताको १६ अङ्क छ । टोली नेट रनरेटको आधारमा राजस्थान रोयल्सलाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको छ । लखनउ भने १२ अङ्कसहित पाँचौँ स्थानमा सीमित छ ।

     

     

    रातोपाटी/साभार

    Post Views: 313
    प्रकाशित मिति: २०८१ बैशाख २४, सोमबार ०७:१७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.